मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज १२ सोमबार ११:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जलविद्युत् आयोजनाको सुरुङभित्र ढुंगाले किच्दा मजदुरको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असोज १२ सोमबार ११:०४:००

सोलुखुम्बुमा सुरुङभित्र ढुंगाले किचेर एक मजदुरको मृत्यु भएको छ । 

सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङभित्र ढुंगाले लागेर गम्भीर घाइते भएका मजदुरको उपचारका क्रममा मृत्यु भएको हो । 

निर्माणाधीन ८६ मेगावाटको हाइड्रोपवारको अडिट नं. ४ को सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर शुक्रबार लिखुपिके गाउँपालिका– ५ का ३६ वर्षीय रवि थामी घाइते भएका थिए । 

उनलाई उपचारका लागि हेलिकाेप्टरबाट काठमाडौं लगिएको थियो । 

घाइते भएका मजदुरको उपचारका क्रममा काठमाडौंमा रहेको ग्रान्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । 

थामीको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरीले जनाएको छ ।