१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १२ सोमबार ०५:०४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिलले ७.७५ प्रतिशत ब्याजमा सेयर कर्जा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १२ सोमबार ०५:०४:००

 नेपाल धितोपत्र बजार (नेप्से)मा कारोबार हुने सेयरहरू धितो राखी नबिल बैंकले सेयर कर्जा उपलब्ध गराउने भएको छ । कम्पनीले ५०लाख  रुपैयाँ वा त्योभन्दा बढीको नबिल सेयर कर्जा वार्षिक ७.७५ प्रतिशत ब्याजदरमा दिने भएको हो ।  

राष्ट्र बैंकको मार्गनिर्देशनभित्र रही नबिल बैंकका सम्पूर्ण शाखाबाट सेयर धितो कर्जा प्राप्त गर्न सकिने जनाइएको छ । बैंकले १ सय १९ शाखा र १ सय ८५ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।