मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नारायण विश्वकर्मा स्याङ्जा
२०७७ असोज ११ आइतबार १९:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाँजासहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नारायण विश्वकर्मा स्याङ्जा
२०७७ असोज ११ आइतबार १९:१३:००

स्याङ्जामा गाँजासहित दुईजना पक्राउ परेका छन् । गाँजा खरिद गर्ने अर्जुनचौपारी गाउँपालिका–२ मजुवा बस्ने २२ वर्षीय कृष्णबहादुर गुरुङ र बिक्री गर्ने सोही गाउँपालिका– ३ गहते बस्ने ६३ वर्षीय तुलबहादुर क्षेत्री तीन किलो गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

गोप्य सूचनाका आधारमा प्रहरीले गुरुङको घरमा खानतलासी गर्दा लागुऔषध गाँजा फेला पारेको अधिकारीको भनाइ छ ।

सोधपुछको क्रममा गुरुङले तुलबहादुर क्षत्रीको घरबाट गाँजा ल्याएको बताएपछि क्षत्रीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको अधिकारीले बताए । प्रहरीले क्षेत्रीको घरबाट समेत गाँजा फेला परेको थियो ।

पक्राउ परेका गुरुङ र क्षेत्रीलाई जिल्ला अदालतबाट २५ दिनकोे म्याद थपेर अनुसन्धान भइरहेको अधिकारीले बताए ।