Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज ११ आइतबार १८:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छत्रेश्वरीका सातवटै वडा कार्यालयमा तालाबन्दी

Read Time : < 1 मिनेट
२०७७ असोज ११ आइतबार १८:५४:००

सल्यानको छत्रेश्वरी गाउँपालिकाका करारका कर्मचारीले सातवटै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । गाउँपालिकाका सबै वडा कार्यालयहरूमा करार कर्मचारीहरूले अनिश्चितकालीन तालाबन्दी गरेको जनाएका छन् । करार कर्मचारीले आफ्नो सेवाको करार म्याद थपको माग गर्दै वडा कार्यालयहरूमा तालाबन्दी गरेको करार शिक्षक तथा कर्मचारी संघर्ष समितिका संयोजक दिलीप बोहराले बताए । 

तालाबन्दीबाट गाउँपालिकाका सातै वडाबाट हुने सम्पूर्ण काम बन्द भएका छन् । तालाबन्दीसँगै विभिन्न संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरिएको छ । संघर्षका कार्यक्रमअन्तर्गत आइतबारदेखि सम्पूर्ण वडा कार्यालयहरूमा तालाबन्दी, १३ असोजमा गाउँपालिका कार्यालयअगाडि विरोध सभा र १४ असोजदेखि अर्को निर्णय नभएसम्मका लागि धर्ना र शान्तिपूर्ण ऱ्याली रहेको बोहराले जानकारी दिए ।

प्रत्येक वडामा विज्ञप्ति टाँसेर संघर्ष समितिले तालाबन्दी गरेको छ । विज्ञप्तिमा गाउँपालिकाको बजेट तत्काल पास हुनुपर्ने, करारमा रहेका सम्पूर्ण कर्मचारीको म्याद थप्नुपर्नेलगायतका माग उनीहरूको छ । 

असार मसान्तमै पास हुनुपर्ने बजेट कार्यपालिकाबाट अहिलेसम्म पनि पास नभएको भन्दै यथाशीघ्र बजेट पास भई कामकारबाही सुचारु गराउन संघर्ष समितिले अनुरोध गरेको छ । करारमा रहेका एक सय एकजना कर्मचारी गत २० साउनदेखि आन्दोलनमा छन् ।