१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २१ सोमबार ०७:५१:००
Read Time : < 1 मिनेट
साहित्य

सुदर्शनको लोकतान्त्रिक सामन्तवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २१ सोमबार ०७:५१:००

‘लोकतान्त्रिक सामन्तवाद’ सार्वजनिक भएको छ । किताबको विमोचन प्रा.डा. सुरेन्द्र केसीले गरेका हुन् ।  केसीले लोकतन्त्रको आवरणमा राज्यसत्तामा पक्षपाती र सामान्तवादी चरित्र मौलाउँदै गएको बताए ।

उनले भने, ‘वर्तमान शासनसत्ता देख्नमा लोकतन्त्रजस्तो देखिए पनि शासनशैली र व्यवहारमा सामन्तवादी चरित्र देखिएको छ, त्यसकारण यसलाई लोकतान्त्रिक सामन्तवाद भन्न सकिन्छ ।’ लेखकले साहसका साथ लोकतन्त्रलाई सामन्तवादसँग दाँजेर वैचारिक पुस्तक लेखेको बताए । 


लेखक अर्यालले लोकतन्त्र समस्त शोषित, पीडित र गरिब जनताको हित गर्ने विज्ञान र कला हुनुपर्नेमा त्यस्तो नभएको बताए । सुन्दा अप्रिय लागे तापनि मुलुकमा अहिले लोकतन्त्रको नाममा लोकतान्त्रिक सामन्तवाद हावी हुँदै गएको उनले बताए ।