मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज ११ आइतबार १३:३६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पोखराका २१ सहित गण्डकीमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
२०७७ असोज ११ आइतबार १३:३६:००

पोखराका २१ जनासहित गण्डकी प्रदेशमा आइतबार थप ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङमा ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

लमजुङमा १६ जना, नवलपुरमा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार सात सय ४४ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । 

उनका अनुसार आइतबार संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा ३ का २७ वर्षीय पुरुष र वडा नम्बर १५ का ३८ वर्षीय पुरुष गरी दुईजना नेपाल प्रहरीमा कार्यरत छन् । 

वडा नम्बर ३ का र अन्य सातजना तेर्सापट्टीमा निर्माणाधीन अपार्टमेन्टका लागि काम गर्ने कामदार हुन् । 

लमजुङको मध्यनेपालका ३५ वर्षीय पुरुष विद्यालयका शिक्षक हुन् । 

बाग्लुङका सबैजना भारतबाट र केही जापान, ओमान, दुबई, क्यानडाबाट आई क्वारेन्टिनमा बसेका छन् । 

अन्य सबै कन्ट्रयाक्ट ट्रेसिङका क्रममा संक्रमित भेटिएका हुन् । 

प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार एक सय ४५ छ । निको हुनेको संख्या दुई हजार पाँच सय ६६ पुगेको छ । 

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणकै कारण ३३ जनाले ज्यान गुमाएका छन् ।