मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएनआई
२०७७ असोज ११ आइतबार १३:०३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

भारतमा कोरोनाबाट ९४ हजारको मृत्यु

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ असोज ११ आइतबार १३:०३:००

भारतमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९४ हजार पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार मध्याह्नसम्ममा भारतमा ५९ लाख ९२ हजारमा कोरोना पुष्टि हुनुको साथै ९४ हजार जनाको ज्यान गएको छ । 

मन्त्रालयले पछिल्लो २४ घन्टामा मात्रै ८८ हजार ६ सयजना नयाँ संक्रमित थपिएको जनाएको छ । साथै यो अवधिका एक हजार एक सय २४ जनाको मृत्यु भएको छ ।

भारतमा योसँगै कुल मृत्यु हुनेको संख्या ९४ हजार पाँच सय तीन पुगेको छ । मन्त्रालयका अनुसार नौ लाख ५६ हजार चार सय दुईजनामा सक्रिय कोरोनाको अवस्था छ भने ४९ लाख ४१ हजार ६ सय २८ जना निको भएका छन् । 

कोरोना भाइरसबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । यहाँ दुई लाख ६९ हजार पाँच सय ३५ जना संक्रमित छन् भने कर्नाटक राज्यमा एक लाख एक हजार आठ सय एकजना, आन्ध्र प्रदेशमा ६५ हजार सात सय ९४ जना, उत्तर प्रदेशमा ५७ हजार ८६ तथा तामिलनाडु राज्यमा ४६ हजार तीन सय ३६ जनामा संक्रमण सक्रिय अवस्थामा रहेको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार सेप्टेम्बर २६ सम्ममा देशभर सात करोड १२ लाख ५७ हजार परीक्षण भएको छ ।