१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ११ आइतबार ०९:०३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सातामा कारोबार रकम १५% ले घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ११ आइतबार ०९:०३:००

बजार बुलिस प्रवृत्तिमै भए पनि लगानीकर्ता पर्ख र हेरकै अवस्थामा

गत साता नेप्से परिसूचक करिब ११ अंकले घटेको छ । साताको दोस्रो दिनबाट घटेको बजार चौथो दिनबाटै सुधार भएको हो । दुई दिन बजार घट्दा सातागत कारोबार रकम करिब १५ प्रतिशतले कम भएको छ । 

गत साता १२ अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार भएको हो । अघिल्लो साता १४ अर्ब रुपैयाँको सेयर किनबेच भएको थियो । दैनिक औसत कारोबार रकमसमेत १५ प्रतिशत घटेर २ अर्ब ४३ करोडमा सीमित भएको छ । कारोबार संख्यामा भने ३० प्रतिशत बढेर २ लाख ६१ हजार पुगेको छ ।  

सेयर बजारसूचक अहिले बुलिस प्रवृत्तिमै कायम रहेको विभिन्न प्राविधिक विश्लेषणले देखाउँछ । अहिले नेप्सेको रेखाचित्रमा बनेको ७ दिने मुभिङ एभरेजले २१ दिने मुभिङ एभरेज रेखालाई १ महिनादेखि क्रस गरेको छ । यी दुई रेखा अहिले पनि समानान्तर दूरीमा छन् । बजारमा खरिद चाप अधिक नै रहेकाले बजार बढ्न सक्ने संकेत गर्छ । 

मैनबत्ती चित्रले भने बजार पर्ख र हेरको अवस्थामा रहेको संकेत गर्छ । अन्तिम दुई दिनमा पहिलो दिन सेतो मैनबत्ती र दोस्रो दिन कालो मैनबत्ती आकृति बनेको हो । लगानीकर्तालाई लगानी निर्णय लिन भने सजिलो नभएको यसले देखाउँछ । नेप्से लामो समयदेखि १ हजार ६ सय २० को वार्षिक उच्च बिन्दुमा प्रतिरोध सामना गरिरहेको छ । कुनै ठूलै सकारात्मक खबर बजारमा प्रवाह भएमा भने यो तह पार हुन सक्छ ।  

समूहगत परिसूचकमा, बैंकिङ समूहगत परिसूचकमा सुधार हुन नसक्दा नेप्सेलाई पनि वृद्धिमा असहयोग भएको छ । वाणिज्य बैंक समूहको बजारमा करिब ४५ प्रतिशत भार छ । यो समूहको परिसूचक करिब ५ अंकले घटेको छ । 

सातागत आधारमा लघुवित्त, जीवन र निर्जीवन बिमा समूहको परिसूचकसमेत घटेको छ । यी समूहमा क्रमशः १, २ र करिब ३ प्रतिशतसम्म घटेको हो । जलविद्युत् समूहमा लगानीकर्ताको आकर्षण बढे पनि १ दशमलव २६ प्रतिशतले यो समूहगत परिसूचक घटेको छ । 

सातामा २ करोड ११ लाख कित्ता नयाँ सेयर तथा ऋणपत्र थपिएका छन् । समाज लघुवित्त, लिबर्टी इनर्जीको प्राथमिक सेयर, प्रभु बैंकको ऋणपत्र, एनएलजी इन्स्योरेन्सको हकप्रद र छ्याङ्दी हाइड्रोको बोनस सेयर सूचीकृत भएको हो ।