१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असोज १० शनिबार २१:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोनाबाट थप एक सैनिकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असोज १० शनिबार २१:१३:००

बझाङ जिल्ला घर भई काठमाडाैं उपत्यकामा कार्यरत एक सैनिक जवानको शुक्रबार कोरोनाका कारण मृत्यु भएको छ । वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा उनको मृत्यु भएको जंगी अड्डाले जनाएको छ ।  सेनामा यसअघि एकजना सैनिकको कोरोनाका कारण मृत्यु भएको थियो । 

सेनाका जवानलाई ६ असोजमा छारेरोगको लक्षण देखिएपछि  आकस्मिक रूपमा आइसियूमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको सेनाले जनाएको छ ।

बिहीबार उनको स्वाब परीक्षण गर्दा कोभिड– १९ पोजेटिभ देखिएको पनि सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाका अनुसार हालसम्म सेनाका दुई हजार एक सय ९७ जना संक्रमित छन् । पाँच सय ३९ जना निको भएका छन् भने सेनामा सक्रिय संक्रमित एक हजार ६ सय ५६ जना छन् ।