मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज १० शनिबार १६:२४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोनाबाट बबई बहुमुखी क्याम्पस प्रमुखकाे निधन

Read Time : < 1 मिनेट
२०७७ असोज १० शनिबार १६:२४:००

बर्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पस प्रमुख ५२ वर्षीय विनोद अग्रवालको कोरोनाका कारण निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि भेरी अस्पताल नेपालगञ्ज लैजाने क्रममा अग्रवालकाे बाटैमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएकाे छ। 

उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । दिल्लीको मेदान्त अस्पतालमा उपचार गराएर फर्केका अग्रवाललाई केही दिन अघि कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्य समस्या नदेखिएपछि होम आइसोलेसनमा बसेका थिए । शनिबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उनलाई  अस्पताल लगिएकाे थियाे । 

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै बर्दियाका ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका छन्। 

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले क्याम्पस प्रमुख अग्रवालकाे कोरोनाका कारण निधन भएको जानकारी दिए । उनले भने, ‘कोभिड आइसोलेसन जाने क्रममा अस्पताल गेट छिर्नै लाग्दा बबई क्याम्पस बर्दियाका चिफ, मेरो आदरणीय गुरूको कोरोनाका कारण दुःखद निधन भएको खबर थाहा पाएँ ।’