Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रासस/एएनआई
२०७७ असोज १० शनिबार १४:५४:००
Read Time : < 1 मिनेट
विश्व

जापानी प्रधानमन्त्री सुगा विनासर्त उत्तर कोरियाका सर्वोच्च नेता किमसँग भेट्न तयार

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ असोज १० शनिबार १४:५४:००

जापानका नयाँ प्रधानमन्त्री योसिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अनसँग भेट्न चाहेको बताएका छन् । विनसर्त उनीसँग भेट्न तयार रहेको प्रधानमन्त्री योसिहिडेले शुक्रबार स्पष्ट पारेका छन् । 

उनले भने, ‘जापानको नयाँ प्रधानमन्त्रीका रूपमा म उहाँलाई भेट्न चाहन्छु, त्यसका लागि कुनै सर्त मसँगै छैन ।’ संयुक्त राष्ट्रसंघको ७५औँ महासभामा बोल्ने क्रममा उनले उत्तर कोरिया र जापानबीचको सम्बन्धलाई सामान्य बनाउन चाहेको पनि स्पष्ट पारे ।

उनले जापान–डिपिआरके प्योङयाङ घोषणाको स्मरण गर्दै त्यसअनुसार नै सम्बन्धलाई अगाडि बढाउन चाहेको पनि उल्लेख गरे । ‘आपसी सम्बन्ध र परमाणुसम्बन्धी  विषयमा सन् २००२ मा भएको दुईपक्षीय सम्झौतालाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्नेमा मेरो जोड छ,’ उनले भने । 

प्रधानमन्त्री सुगाले टोकियो र प्योङयाङबीच रचनात्मक र सन्तुलित सम्बन्धको पक्षमा आफू रहेको पनि जानकारी दिए । उनले थपे, ‘हामी हाम्रो दुईपक्षीय कारणले मात्रै नभई यस क्षेत्रमा शान्ति स्थापनाका लागि पनि योगदान पुऱ्याउनुपर्छ, त्यसैले हाम बीचमा सहकार्य र सुमधुर सम्बन्धको आवश्यकता छ ।’ उनले आफू आफ्ना प्रतिबद्धता र उद्देश्यबाट पछाडि हट्ने र राम्रो गर्ने अवसरलाई गुमाउने पक्षमा नरहेको पनि स्पष्ट पारे ।