मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ असोज १० शनिबार १४:१०:००
Read Time : > 1 मिनेट
खेलकुद

आइपिएल अपडेट : चेन्नई ४४ रनले पराजित

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ असोज १० शनिबार १४:१०:००

१३औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को साविक उपविजेता चेन्नई सुपर किंग्सले लगातार दोस्रो हार सामना गरेको छ । यस्तै, दिल्ली क्यापिटल्स भने लगातार दोस्रो जित निकालेर शीर्ष स्थानमा उक्लिएको छ । दुबईको डिएससी मैदानमा शुक्रबार राति भएको खेलमा दिल्लीले चेन्नईलाई ४४ रनअन्तरले हराएको हो ।

पहिलो ब्याटिङ गरेको दिल्लीले २० ओभरमा तीन विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो । महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नईले प्रत्युत्तरमा सात विकेटको क्षतिमा एक सय ३१ रन मात्रै बनाएको थियो । 

आइपिएलमा दिल्लीले चेन्नईमाथि फरक रेकर्ड राखेको छ । चेन्नईलाई फरक तीन राष्ट्रमा हराउने दिल्ली पहिलो टोली बन्यो । दिल्लीले चेन्नईलाई भारत, दक्षिण अफ्रिका तथा युएईको मैदानमा हराएको छ ।

यस खेलमा चेन्नईका फा डु प्लेसिसले आइपिएलमा दुई हजार रन पूरा गरे । आइपिएलमा दुई हजार रन पूरा गर्ने उनी ३३औँ खेलाडी बनेका छन् ।  उनले ७४ खेलमा ६७ इनिङ्सबाट सो कोसेढुंगा पार गरेका हुन् । यसक्रममा प्लेसिसले आइपिएलमा १४ अर्धशतक लगाएका छन् । यसैगरी चेन्नईका पीयूष चावला दिल्लीको दुई विकेट लिँदै भारतीय बलरमध्ये आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।

पहिलो ब्याटिङ गरेको दिल्लीका लागि पृथ्वी साउ र शिखर धवनले पहिलो विकेटका लागि १०.४ ओभरमा ९४ रनको साझेदारी गरेका थिए । चावलाको ओभरमा एलबिडब्ल्यू आउट हुनुअघि धवनले २७ बलमा तीन चौका र एक छक्का प्रहार गरी ३५ रन जोडेका थिए । 

त्यसपछि ऋषभ पन्तले २५ बलमा ३७ रन तथा श्रयस इयेरले २२ बलमा २६ रनको योगदान दिए । पृथ्वीले ४३ बलमा नौ चौका र एक छक्काको सहयोगमा ६४ बनाए ।
प्रत्युत्तरमा चेन्नईले कुनै पनि समयमा चुनौती प्रस्तुत गर्न सकेन । फास्ट बलर कागिसो रावडाले २६ रन खर्चेर तीन विकेट तथा अन्रिच नाटजेले २१ रन खर्चे दुई विकेट लिँदा चेन्नईको ब्याटिङ कमजोर बन्यो । केवल फा डु प्लेसिसले मात्र आक्रामक ब्याटिङ गरे । उनले ३५ बलमा चार चौकाको सहयोगमा ४३ रन बनाए ।

यसैगरी सेन वाट्सनले १४ रन र मुरली विजयले १० रनको योगदान दिए । केदार जाधवले २६ रन तथा कप्तान धोनीले १५ रन बटुले । चेन्नईको ब्याटिङ इनिङ्समा एक मात्र छक्का वाट्सनले प्रहार गरे । कप्तान महेन्द्रसिंह धोनीले ब्याटिङ लाइनअप सुधार गर्नुपर्ने बताएका छन् । अम्बाती रायडु चोटका कारण प्रतिस्पर्धा गर्न सकेनन् । मुम्बईविरुद्धको खेलमा उनले ४८ बलमा ७१ रनको योगदान दिए । ‘हामीहरूले ब्याटिङमा धेरै सुधार गर्नुपर्छ, अम्बाती नहुनाले पनि धेरै घाटा लाग्यो,’ धोनीले भने, ‘यो सात दिनको समयमा कमी–कमजोर सुधार्नुपर्छ ।’

दिल्लीका कप्तान श्रयसले फिल्डिङ पक्ष कमजोर भएको बताएका छन् । उनी भन्छन्, ‘ब्याटिङ र बलिङ त्यति खराबी भएन, तर फिल्डिङमा सुधार गर्नुपर्छ ।’