मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असोज १० शनिबार १४:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खोलामा बेवारिसे दुई शव फेला

Read Time : < 1 मिनेट
२०७७ असोज १० शनिबार १४:०२:००

मकवानपुरमा शनिबार खोलाले बगाएको अवस्थामा दुईवटा शव फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान हेटौँडा उपमहानगरपालिका र कैलाश गाउँपालिकामा पर्ने खोलामा बेवारिसे शव फेला परेको हो । 

हेटौँडा उपमहानगरपालिका– १९ स्थित ज्यामिरे खोलामा एक महिला र कैलाश गाउँपालिका– ५ र १ नम्बर वडाको सीमाना बिमिरे खोलामा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

बिमिरे खोलामा भेटिएको शवबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पालुङको टोली त्यहाँ जाँदै गरेको र घटनाबारे बुझ्ने रानाले बताए । घटनास्थल पुग्न इलाकाबाट ४ घन्टा लाग्ने हुँदा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

यसैगरी हेटौँडा–१९ ज्यामिरे खोलामा भेटिएको शव बारे बुझ्नका लागि प्रहरी चौकी नेवारपानीबाट टोली गइसकेको र शव अन्दाजी ४५ वर्षीया महिला भएको रानाले बताए । शवबारे थप जानकारी प्राप्त नभएको र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।