१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज १० शनिबार १३:४३:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मकवानपुरमा नदीले बगाएको अवस्थामा दुईजनाकाे शव भेटियाे

Read Time : < 1 मिनेट
२०७७ असोज १० शनिबार १३:४३:००

मकवानपुरमा नदीले बगाएको अवस्थामा शनिबार एक महिला र एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा उपमहानगरपालिकाको ज्यामिरे नदीमा महिलाको शव र कैलाश गाउँपालिकामा पर्ने बिमिरे नदीमा पुरुषको शव फेला परेको हो । 

मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बिमिरे खोलामा भेटिएको शवबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पालुङको टोली गएको बताए । घटनास्थल पुग्न इलाकाबाट ४ घन्टा लाग्ने हुँदा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

यसैगरी हेटौँडा– १९ ज्यामिरेमा भेटिएको महिलाको शव अनुसन्धानका लागि प्रहरी चौकी नेवारपानीबाट टोली गएको छ । रानाले अहिलेसम्म दुवै शवको सनाखत हुन नसकेको बताए ।