मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ असोज १० शनिबार १३:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चीनले नेपाली भूमि मिचेकाे छैन : गृहमन्त्री 

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ असोज १० शनिबार १३:००:००

गृहमन्त्री रामबहादुर थापाले नेपाली भूमि चीनले नमिचेको बताएका छन् ।

दार्चुलामा नयाँ निर्माण गरिएको सशस्त्र प्रहरीको गण उद्घाटन गरेर शनिबार सुर्खेत आइपुगेका गृहमन्त्री थापाले चीनले हुम्लाको नाम्खा गाउँपालिकाको लिमीमा नेपाली भूमि नमिचेको बताएका हुन् । 

‘हिल्सामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको परराष्ट्र मन्त्रालयले नै स्पष्ट गरिसकेको छ,’ उनले भने, ‘सञ्चारमाध्यम आएजस्तो चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन ।’

अर्को प्रसंगमा उनले देशभरमा बाढीपहिरोले मानवीय र भौतिक क्षति गरेकाले सुरक्षित रहेपछि निर्माण गर्न सरकारले गृहकार्य सुरु गरेको बताए । ‘कुन ठाउँमा बढी जोखिम छ र कस्तो ठाउँमा बस्ती बसाल्दा उपयुक्त हुन्छ भनेर गृह मन्त्रालयले प्रतिवेदन तयार गरिरहेको छ,’ उनले भने, ‘प्रतिवेदनका आधारमा सुरक्षित बस्ती बसाल्ने काम हुन्छ ।’