मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/सिन्ह्वा किभ
२०७७ असोज १० शनिबार ११:४९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा २५ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा किभ
२०७७ असोज १० शनिबार ११:४९:००

युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । युक्रेनका सैनिक अधिकारीहरूले सो उक्त विमान दुर्घटनामा परी ज्यान जानेको संख्या २५ पुगेको समाचारमा जनाएका छन् ।

शुक्रबार सो विमान दुर्घटनमा परेको थियो । युक्रेनको राष्ट्रिय सेनाले शनिबार बिहानसम्ममा त्यसमा परेका २५ जनाको ज्यान गएको बताएको हो । युक्रेनको किभ क्षेत्रमा सो विमान दुर्घटनामा परेको बताइएको छ । त्यसको अनुसन्धान जारी रहेको युक्रेन सरकारले जनाएको छ । 

युक्रेनका स्थानीय पत्रिकाले रक्षामन्त्रीलाई उद्धृत गर्दै  उक्त विमान इन्जिन फेल भएका कारणले दुर्घटनमा परेको बताएका छन् । रक्षा मन्त्रालयले यस विमान इन्जिन फेल भएका कारण दुर्घटनामा परेको, तर यो प्रारम्भिक रिपोर्ट हो भनेको छ ।