१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका कपिलवस्तु
२०७७ असोज १० शनिबार ११:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वडाध्यक्ष त्रिलोकीप्रसाद खरबिन्दको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कपिलवस्तु
२०७७ असोज १० शनिबार ११:२२:००

कपिलवस्तुको बुद्धभूमि नगरपालिका– १० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरबिन्दको मृत्यु भएको छ । उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 

दीर्घरोगबाट ग्रसित उनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको परिवारले जनाएका छन् । वडाध्यक्षको मृत्युप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

यसअघि गत भदौ १४ गते यसै नगरपालिका– ७ का वडाध्यक्ष रामेश्वर सिंहको पनि उपचारकै क्रममा मृत्यु भएको थियो । रासस