मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज १० शनिबार ०८:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भाँडा पसलबाट अवैध रूपमा पेट्रोलियम पदार्थ बिक्री 

Read Time : < 1 मिनेट
२०७७ असोज १० शनिबार ०८:०६:००

लमजुङमा अवैध रूपमा पेट्रोलियम पदार्थ बिक्री–वितरण गरेको पाइएको छ । जिल्लाको उदीपुरको भाँडा पसल र सुन्दरबजारको सप्लायर्सले पेट्रोल र डिजेल  बिक्री–वितरण गरेको पाइएको हो ।

 जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा शुक्रबार बेसीसहर नगरपालिका– १ उदीपुरको गुरुङ भाँडा पसल र सुन्दरबजार नगरपालिका– ६ को क्याम्पस गेटमा रहेको आदिवासी सप्लायर्समा अवैध रूपमा पेट्रोलियम पदार्थ बिक्री–वितरण गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए । 

 उनका अनुसार उदीपुरको भाँडा पसलबाट ३५ लिटरको चार ग्यालिन पेट्रोल, एक लिटरको सातवटा मिनिरल वाटरको बोतलमा भरेर बिक्रीका लागि राखिएको पेट्रोल गरी करिब एक सय ४७ लिटर पेट्रोल बरामद गरिएको हो । 

सुन्दरबजारको सप्लायर्सबाट करिब दुई सय १० लिटर डिजेल र  ४३ लिटर पेट्रोल बरामद गरिएको सहायक प्रजिअ शाहीले बताए । उनका अनुसार उक्त सप्लायर्सबाट सानाठूला गरी खाली ड्रम पाँच, ग्यालिन दुई र १० लिटरको पेट्रोल भर्ने टिनको जगसमेत बरामद गरिएको छ ।

गोप्य सूचनाका आधारमा अनुगमन गरिएकोमा दुवै ठाउँमा अवैध रूपमा पेट्रोलियम पदार्थ बिक्री–वितरण गरेको पाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । उनीहरूविरुद्ध प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रजिअ शर्माको भनाइ छ ।