१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज १० शनिबार ०८:००:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बझाङमा बालिका हत्या प्रकरण : बलात्कारपछि हत्या गरिएको भन्दै किटानी जाहेरी

Read Time : < 1 मिनेट
२०७७ असोज १० शनिबार ०८:००:००

बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै उनका बाजेले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । 

बुधबार साँझ गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी बालिका गाउँकै शिव मन्दिरमा मृत फेला परेकी थिइन् । बालिका शरीरको तल्लो भागमा लुगा नभएको र यौनांगमा रगत बगेको अवस्थामा भेटिएकी थिइन् । प्रहरीले बिहीबार स्थानीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो । 

शुक्रबार बालिकाका बाजेले राजेन्द्रविरुद्ध जबर्जस्ती करणी गरी हत्या गरेको अभियोगमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले बताए । ‘किटानी जाहेरी दर्ता भइसकेको छ । घटनाको तीव्र रूपमा अनुसन्धान भइरहेको छ । अब अपराधी उम्केर भाग्न सक्दैन,’ डिएसपी खड्काले भने । 

बालिकाको हत्या भएको खबर पाएपछि डिएसपी खड्काको टोली घटनास्थल पुगेको थियो । घटना प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको देखिएको उनले बताए ।