१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज ९ शुक्रबार १६:५१:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश १ मा ८५ संक्रमित थपिए, ३८ डिस्चार्ज

Read Time : < 1 मिनेट
२०७७ असोज ९ शुक्रबार १६:५१:००

प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा एक र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार एक सय ४९ पुगेको छ। 

प्रदेश १ मा आज ३८ जना डिस्चार्ज भएका छन् । कोभिड– १९ आइसोलेसन केन्द्र, रंगेलीबाट नौ, गढी आइसोलेसन केन्द्रबाट आठ, होम आइसोलेसनबाट आठ, कोसी अस्पताल कोभिड– १९ उपचार केन्द्र विराटनगरबाट ६, न्युरो अस्पताल विराटनगरबाट चार र मेची अस्पतालबाट तीनजना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या दुई हजार ६ सय ५६ पुगेको छ ।

प्रदेश १ मा आज ६ सय २५ जनाका पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार हालसम्म एक लाख १९ हजार चार ३५ जनाको पिसिआर परीक्षण गरिएको छ ।