मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज ९ शुक्रबार १४:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिपी प्रतिष्ठानका चिकित्सक आन्दोलनमा

Read Time : < 1 मिनेट
२०७७ असोज ९ शुक्रबार १४:१८:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फ्याकल्टी चिकित्सकहरूले आन्दोलन थालेका छन् । 

अढाई वर्षदेखि चिकित्सकको बढुवा रोकिएको तथा सरकारले बढाएबमोजिमको तलब हालसम्म प्रतिष्ठानले नखुवाएको भन्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन् । 

शुक्रबार उपकुलपति कार्यालयअगाडि फ्याकल्टी चिकित्सकहरू  भेला भएर केही समय शान्तिपूर्ण प्रदर्शन गरे । 

उपकुलपतिको कार्यालयअगाडि हातमा प्लेकार्ड लिएर केहीछिन मौनधारण गरी सांकेतिक प्रदर्शन गरिएको चिकित्सक तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलले जानकारी दिए । 

विगतमा प्रतिष्ठानले आफूहरूसँग पटकपटक माग पूरा गर्ने सहमति गरे पनि पालना नगरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको अध्यक्ष पोखरेलले बताए 

१५ असारमा प्रतिष्ठानका चिकित्सक, शिक्षक र कर्मचारीको २० प्रतिशत तलब वृद्धिको निर्णय गरेको भए पनि कार्यान्वयन भएको छैन ।

फ्याकल्टीहरूको बढुवाको प्रक्रिया पनि विगत अढाई वर्षदेखि रोकिएको डाक्टरहरूले जनाएका छन् । 

प्रतिष्ठानले बढुवा प्रक्रिया अगाडि नबढाउँदा कतिपय विभागमा प्राध्यापकहरूसमेत नभएको डा. पोखरेलले जानकारी दिए । 

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी कोरोना पोजेटिभ भएर क्वार्टरमा होम आइसोलेसनमा रहेका छन् ।