मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज ९ शुक्रबार १२:४२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल–चीन सीमा विवाद : हुम्ला आएका ४७ जना प्रजिअले चासो नदिएकाे ११ नम्बर सीमास्तम्भ

Read Time : > 1 मिनेट
२०७७ असोज ९ शुक्रबार १२:४२:००

जिल्ला प्रशासन कार्यालय हुम्लामा ०२३ सालदेखि हालसम्म ४७ जना प्रजिअ जिल्लाको प्रशासनिक नेतृत्व सम्हाल्ने गरी आएको तथ्यांक छ । 

तर, उत्तरी सिमाना चीनसँगको  ०१९ सालमा दुई देशको सीमामा गाडिएको ११ नम्बर सीमास्तम्भ ५८ वर्षपछि नेपाली टोलीले भेटेको हो । 

०२३ सालका सिडियो हरिप्रसाद पोखरेलदेखि ०७६ सालका सिडियो बिनिता भट्टराईसम्म हुम्लामा प्रमुख जिल्ला अधिकारी भएर प्रशासनिक नेतृत्व गरे तापनि उनीहरूको प्राथमिकतामा उक्त ११ नम्बरको सीमास्तम्भ परेन ।

जब चीनले सीमा क्षेत्रमा भौतिक संरचना निर्माण गरेको भन्ने विवाद आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले ५८ वर्षपछि चीनसँग ०१९ सालमा दुई देशको सिमानामा गाडिएको सीमास्तम्भ फेला पारेको छ ।

सीमा अनुगमनका लागि उत्तरी नाम्खा गाउँपालिका– ६ लिमी लाप्चा पुगेकाे नेपाली टोलीले चिनियाँ अधिकारीसँग वार्ता गर्ने प्रयास सफल नभएपछि नेपाली टोली सीमास्तम्भको खोजीमा जुटेको थियो ।

त्यसक्रममा हराएको भनिएको सीमास्तम्भ फेला परेको हो ।

चिनियाँ पक्षसँग प्रतिवाद गर्न नेपाली टोलीसँग न केही तथ्यगत आधार थिए, न त आफूले बोलेको आवाज सुनाउने माइक नै थियो । मौसम र भाषा दुवै कारणबाट नेपाली टोली आफू सीमामा आइपुग्नुको कारण चिनियाँ पक्षलाई बताउन असफल बनेको थियो । 

सीमा प्रहरी चौकी हिल्साभन्दा माथि करिब पाँच हजार दुई सय मिटरको उचाइमा रहेको ११ नम्बरको सीमास्तम्भ खाेज्न अहिलेसम्म कसैले चासो नदेखाएको स्थानीयहरूले बताउने गरेका छन् । 

चीनसँगको सिमानामा १५ वटा सीमास्तम्भ छन् । तीमध्ये ११ नम्बर सीमास्तम्भ हराएको थियो ।

नाम्खा गाउँपालिका– ६ लाप्चा उपत्यकाको लोलुङजोङमा चीनले ११ वटा भवन बनाएको छ ।  

स्थानीय बासिन्दाले चीनले ती भवनहरू नेपाली भूमिमा बनाएको बताउँदै आएका छन् ।

विवाद उत्पन्न भएपछि हुम्लाका प्रजिअ गिरीको नेतृत्वमा सुरक्षाकर्मीको ३१ जनाको टोली लोलुङजोङ पुगेको हो । 
त्यहाँ रहेका चिनियाँ अधिकारीले आफ्नो भूमि भन्दै उनीहरूलाई फिर्ता पठाएका थिए । 

चीनसँगको विवाद उत्पन्न भएको भूमिको विषयमा प्रमुख जिल्ला अधिकारीलगायतको सुरक्षा समितिको टोली स्थलगत अध्ययन गरी गसदरमुकाम सिमकोट आइपुगेको छ ।