१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज ९ शुक्रबार १२:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

चितवन मेडिकल कलेजमा उपचाररत तनहुँका एक कोरोना संक्रमितको निधन

Read Time : < 1 मिनेट
२०७७ असोज ९ शुक्रबार १२:२०:००

कोरोना भाइरस संक्रमणका कारण गण्डकी प्रदेशमा थप एकजनाको ज्यान गुमेको छ । 

तनहुँको आँबुखैरेनीका ३९ वर्षीय पुरुषको शुक्रबार मध्याह्न १२:५५ बजे उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय पोखराले जानकारी दिएको छ । 

ती पुरुषमा २९ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

उनीसँगै गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या ३३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । 

गण्डकी प्रदेशमा शुक्रबार थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

संक्रमित हुनेमा लमजुङका दुईजना र कास्कीको पोखरा महानगरपालिकाका ६ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या तीन हजार ६ सय १२ पुगेको छ ।