१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज ८ बिहीबार १६:२५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : आज थपिए १४ सय ९७ संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज ८ बिहीबार १६:२५:००

पछिल्लो २४ घन्टामा देशभर १४ सय ९७ जना नयाँ काेराेना संक्रमित थपिएका छन् ।

यो अवधिमा ११ हजार चार सय ४९ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार थपसमेत हालसम्म देशभर संक्रमित हुनेको संख्या ६९ हजार तीन सय एक पुगेको छ ।

हाल सक्रिय संक्रमित भने १८ हजार चार सय ३७ जना छन् ।

बिहीबार देशभरबाट चार सय ५७ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ५० हजार चार सय ११ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

संक्रमित निको हुने दर ७२.७ प्रतिशत पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हिजो संक्रमणमुक्त हुने दर ७३.७ थियो ।