मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज ८ बिहीबार १५:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली-प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनकेन्द्रित छलफल 

Read Time : < 1 मिनेट
२०७७ असोज ८ बिहीबार १५:४९:००

प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा उनीहरूबीच तीन घन्टा छलफल भएको हो ।

भेटवार्तामा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित रहेर लामो छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । ‘उहाँहरूबीच पुनर्गठनमै केन्द्रित रहेर पहिलोपटक लामो कुराकानी भएको हो,’ स्रोतले भन्यो, ‘तर विस्तृतमा के भयो भन्ने सबै जानकारी नभए पनि छिट्टै पुनर्गठन टुंगोमा पुग्ने सम्भावना छ ।’

६ असोजमा बसेको सचिवालय बैठकले संवैधानिक अंगमा नियुक्त हुन योग्य व्यक्तिहरूको सूचीका लागि रोस्टर बनाउने, दश दिनभित्र एकीकरणको बाँकी काम सम्पन्न गर्ने गरी गृहकार्य गर्नेगरी ओली र प्रचण्डलाई जिम्मेवारी दिएको थियो ।

त्यसअघि ४ असोजमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मूलत: तीन विकल्पमा केन्द्रित रहेर छलफल भएको थियो । प्रधानमन्त्रीबाहेक सबै मन्त्रीहरूलाई राजीनामा गराएर आवश्यक योग्य व्यक्तिलाई पुन समेट्ने, दुई वर्ष पूरा गरेका सबै मन्त्रीहरूलाई बिदाइ गर्ने र कार्यसम्पादन मूल्यांकनका आधारमा पुनर्गठन गर्ने विकल्पमा छलफल केन्द्रित भए पनि बैठकले त्यसबारे आवश्यकताअनुसार नेताहरूसँग थप छलफल गर्ने जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिएको थियो । 

त्यस्तै, उपाध्यक्ष वामदेव गौतमलाई सर्वाेच्च अदालतले थप संवैधानिक जिम्मेवारी नदिई सांसद मनोनयन यथावत् राख्न दिएको आदेशका विषयमा समेत उनीहरूबीच कुराकानी भएको स्रोतले जनाएको छ ।