१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस/एएफपी
२०७७ असोज ८ बिहीबार १४:३९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

विश्वभर कोरोना संक्रमणबाट नौ लाख ८२ हजारको मृत्यु, ७५ लाख सक्रिय संक्रमित

Read Time : < 1 मिनेट
रासस/एएफपी
२०७७ असोज ८ बिहीबार १४:३९:००

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) संक्रमणबाट मृत्यु हुनेको संख्या नौ लाख ८२ हजार पुगेको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड– १९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड २१ लाख छ । कुल संक्रमितमध्ये दुई करोड ३६ लाख निको भएका छन् भने करिब ७५ लाख मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै पनि ६२ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । 

कोरोनाबाट संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७१ लाख नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ६ हजारको मृत्यु भएको छ । 

भारतमा ५७ लाख संक्रमित
विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ५७ लाख संक्रमित भएका छन् भने यहाँ ९१ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ४६ लाख व्यक्ति संक्रमित भएकामा एक लाख ३९ हजारभन्दा बढीको मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि १९ हजार नौ सय ४८ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ । 

युरोपेली मुलुकहरू खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धको घोषणा गर्न थालिएको छ ।