मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज ८ बिहीबार १०:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खुकुरी प्रहारबाट ताप्लेजुङमा तीन घाइते 

Read Time : < 1 मिनेट
२०७७ असोज ८ बिहीबार १०:३३:००

ताप्लेजुङको दुर्गम गाउँ याम्फुदिनमा आफ्नै भतिजले खुकुरी प्रहार गरी ठूलीआमा र दुई दाजुलाई घाइते बनाएका छन् ।  

सिरिजंघा– ८ याम्फुदिनका पासाङडन्डु भोटेका २२ वर्षीय छोरा लाक्पा भोटे बुधबार बेलुका ठूलीआमाको घरमा खाना खाएर सुतेका थिए । तर, करिब साढे १२ बजेको समयमा अचानक उठेर ठूलीआमा ६० वर्षीया फुटी भोटे र उनका दुई छोरामाथि अन्धाधुन्ध खुकुरी प्रहार गरे । खुकुरी प्रहारबाट फुटी भोटेसहित उनका छोरा ३६ वर्षीय पासाङ र १८ वर्षीय छिरिङ गम्भीर घाइते भएका छन् । 

घाइते तीनैजनालाई उपचारका लागि हेलिकाेप्टरबाट काठमाडौं लैजाने तयारी भएको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले बताए । 

खुकुरी प्रहार गर्ने लाक्पा भोटे भने फरार रहेकाले उनको खोजीकार्य भइरहेको डिएसपी श्रेष्ठले बताए । भोटेको खोजी गर्न इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटाइएको उनको भनाइ छ ।