मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ८ बिहीबार ०५:१६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हुन्डाईको दसैँ–तिहार योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ८ बिहीबार ०५:१६:००

हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यसपालिको दसैँ–तिहार, वेलकम टू हुन्डाई परिवार’ नामक योजना ल्याएको छ । कम्पनीले दसैँ, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ५ मंसिरसम्म लागू हुने गरी योजना ल्याएको हो । 

योजनाअनुसार ग्राहकले आकर्षक नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्ने जनाइएको छ । त्यस्तै, बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत हुन्डाई औरा १ थान र हुन्डाई ग्र्यान्ड आई १० नियोस १ थान जित्न सक्ने कम्पनीले जनाएको छ ।

यसबाहेक ग्राहकले १ वर्षको निःशुल्क बिमा पनि गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले यस कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी उनीहरूलाई सम्मानस्वरूप ‘विशेष प्याकेज’ दिने निर्णय गरेको जनाएको छ । 

कम्पनीले सबै हुन्डाई गाडीमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्री सर्भिसिङ र १ वर्ष निःशुल्क सवारीकर भुक्तानीसहित स्वामित्व हस्तान्तरणको सुविधा दिएको जनाएको छ ।