मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ८ बिहीबार ०५:१४:००
Read Time : < 1 मिनेट
अर्थ

चन्द्रागिरि हिल्सको फेस्टिभ अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ८ बिहीबार ०५:१४:००

चन्द्रागिरि हिल्स लिमिटेडले दसैँ–तिहारको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीद्वारा पर्वद्धित चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट र चन्द्रागिरि हिल्स रिसोर्टमा ६ हजार ५ सय रुपैयाँमा एक जोडीका लागि ब्रेकफास्ट र डिलक्स रुमसहितको प्याकेज सार्वजनिक गरेको हो । 

यो अफर १५ मंसिरसम्म लागू हुने कम्पनीले जनाएको छ । ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिसोर्टलगायतका पूर्वाधार निर्माण गरेको छ ।

चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेको कम्पनीले जनाएको छ ।