मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
२०७७ असोज ७ बुधबार १६:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतको राज्यसभामा नेपाल–चीन सम्झौताको चर्चा

Read Time : > 1 मिनेट
२०७७ असोज ७ बुधबार १६:०५:००

भारतको माथिल्लो सदन राज्यसभामा नेपाल र चीनबीचको यातायात तथा पारवहन सम्झौताबारे प्रश्न उठेको छ ।

मध्यप्रदेशको ग्वालियरबाट हालै राज्यसभामा निर्वाचित भएका सांसद ज्योतिराधित्य सिन्धियाले पारवहन सन्धिबारे भारत सरकार जानकार भए–नभएको तथा यसबाट नेपाल–भारत सम्बन्धमा के प्रभाव पर्छ भन्दै प्रश्न गरेका हुन् । भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरणले भने तेस्रो मुलुकसँगको सम्बन्ध नेपालको स्वतन्त्र निर्णय भएको जवाफ दिएका छन् । 

राज्यसभामा सिन्धियाले भारतसँगको निर्भरता बन्द गर्न नेपाल र चीनबीच केही वर्यषता भएका हस्ताक्षर भएका केही संख्याका पारवहन तथा यातायात सन्धिहरूको विस्तृत विवरण मागेका छन् ।

उनले यसबाट नेपाल–भारत सम्बन्धका अनेकौँ सम्झौतालाई पार्न सक्ने प्रभावबारे प्रश्न गरेका गरेका छन् । सिन्धिया राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाका नातेदार हुन् । नेपाली भाषासमेत बोल्ने सिन्धिया मध्यप्रदेशबाट भारतीय राष्ट्रिय कंग्रेस परित्याग गरेर भाजपामा हालै प्रवेश गरेका हुन् । नेपाल र चीनबीच यातायात र पारवहनसँग सम्बन्धित विषयमा सन्धि नभएर सम्झौता भएको थियो । 

उनको प्रश्नको जवाफ दिँदै विदेश राज्यमन्त्री भी मुरलीधरनले राष्ट्रपति विद्यादेवी भण्डारीको २०१९ अप्रिलको चीन भ्रमणका वेला चीनसँग पारवहन यातायात सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको बताएका छन् । उनले त्यो नेपालको तेस्रो मुलुकसँगको स्वतन्त्र निर्णय भएको पनि उल्लेख गरे ।

नेपालसँग भारतको युगौँ पुरानो सम्बन्ध विशिष्ट र विशेष छ जो साझा इतिहास, भूगोल, संस्कृति तथा जनस्तरको सम्बन्ध, आपसी सुरक्षा एवं निकट आर्थिक सम्बन्धमा आधारित छ– राज्यमन्त्री मुरलीधरनले भनेका छन् ।

विश्वमा नेपालको व्यापारको दुईतिहाइ हिस्सा भारतसँग रहेको, नेपालमा आयात निर्यातको ९० प्रतिशत भारतबाटै हुने गरेको पनि राज्यमन्त्री मुरलीधरनले बताएका छन् । उनले नेपालसँग भारतको सम्बन्ध आफ्नै हितमा आधारित रहेको तथा नेपालको तेस्रो मुलुकहरूसँगको सम्बन्ध नेपालको स्वतन्त्र विषय भएको पनि उल्लेख गरेका छन् ।

नेपालसँग सम्बन्ध थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको पनि उनले जवाफ दिएका छन् । उनको भनाइ छ– भारत–नेपाल व्यापार, नेपाललाई आर्थिक र लगानी सहयोग, विकास सहायता, कनेक्टिभिटी, नेपालसँग संस्कृति र जनस्तरको सम्बन्ध सुदृढ गर्न एवं  विभिन्न क्षेत्रहरूमा सहयोग पुऱ्याउन भारत प्रतिबद्ध छ ।