मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असोज ७ बुधबार १२:२९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

Read Time : < 1 मिनेट
२०७७ असोज ७ बुधबार १२:२९:००

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

बुधबार बिहान १०ः४५ बजे प्रदेश स्वास्थ्य निर्देशनालयले क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणअनुसार कास्कीको पोखरा महानगरपालिकामा आठजना संक्रमित भएका छन् । संक्रमितहरू वडा नम्बर १७, १५, २०,  र २७ मा एक–एकजना र वडा नम्बर १० मा एक सात वर्षीया बालिकासहित दुईजना रहेका छन् । 

कास्कीकै अन्नपूर्ण गाउँपालिकामा एकजना संक्रमित भएका छन् । 

स्याङ्जामा तीनजना संक्रमित थपिएका छन् । वालिङ वडा नम्बर ११ र १४ का एक–एकजना र गल्याङ वडा नम्बर २ का एकजनामा संक्रमण पुष्टि भएको हो । 

नवलपुरमा एकजना, म्याग्दीमा एकजना, तनहुँमा चारजना, लमजुङमा पाँचजना, र बाग्लुङमा दुईजना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ४८ पुगेको छ । 

प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार दुई सय ४८ छ । हालसम्म दुई हजार दुई सय ६८ जना निको भएका छन् ।