१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ७ बुधबार १२:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चीनले अतिक्रमण गरेको भूमिबाट चिनियाँलाई फिर्ता पठाउन थापाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ७ बुधबार १२:१४:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हुम्लाको नाम्खा गाउँपालिकामा चीनले गरेको अतिक्रमणबारे सरकारलाई स्पष्ट पार्न माग गरेका छन् । 

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले अतिक्रमित भूभागबाट चिनियाँलाई फिर्ता पठाउन पनि माग गरेका छन् । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै चिनियाँलाई उक्त भूभागबाट तुरुन्त फिर्ता पठाउन अविलम्ब पहल गर्न माग गरेका छन् । 

उनले लेखेका छन्, ‘हुम्ला जिल्ला, नाम्खा गाउँपालिकाको नेपाली भूमि चीनले अतिक्रमण गरेको, भवनहरू बनाएको समाचार आएको छ । यसबारे तत्काल सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु । साथै, अतिक्रमित भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन अविलम्ब पहल गर्नसमेत प्रम ओलीको ध्यान आकर्षित गर्दछु ।’