१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ असोज ७ बुधबार ११:११:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

टेलिफोनको तार चोरी गर्ने चार पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ असोज ७ बुधबार ११:११:००

टेलिफोनको तार चोरीमा संलग्न भएको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ । 

लामो समयदेखि टेलिफोनको तार चोरीमा संलग्न भएको आरोपमा विराटनगर महानगरपालिका– ४ स्थित जामुनगाछीबाट विराटनगर महानगरपालिका – ६ का २१ वर्षीय विजय, १८ वर्षीय राज, २१ वर्षीय रविन र १९ वर्षिय सुमित सहनीलाई प्रहरीले चोरी गरेको तारसहित पक्राउ गरेको हो ।   

१ असोजमा विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरूबाट नेपाल टेलिकमको टेलिफोनको तार चोरी भएको उजुरी प्रहरीमा परेको थियो । 

त्यसपछि मोरङ प्रहरीले चोरहरूको  खोजी कार्य अगाडि बढाएको थियो ।   

खोजतलासकै क्रममा चारजनालाई सोमबार राति ८ बजे विराटनगर ४ जामुनगाछीबाट चोरी गर्दै गरेको एक सय ५० पेयरको दुई सय २० मिटर केवल तारसहित उनीहरलाई पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । 

प्रहरीले चोरहरूले प्रयोग गर्ने  को.९प ४१५८ नम्बरको यमाहा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।  

नेपाल टेलिकमले प्रयोग गर्ने टेलिफोनको तारको भित्री भागमा महँगाे मूल्यमा बिक्री हुने तामा धातु हुने भएकोले आम्दानीका लागि तार चोरी हुने गरेको छ । 

तामाजडित तार निरन्तर चोरी भएकै कारण नेपाल टेलिकमले विराटनगरमा ताररहित अप्टिकल फाइबरको  राउटरयुक्त टेलिफोन वितरण गर्न थालेको छ ।

नेपाल टेलिकम विराटनगर शाखाका अनुसार  विराटनगरका कुनै न कुनै स्थानमा दैनिक तार चोरी हुने गरेको छ । चोरी भएको ठाउँमा दिउँसो तार टाँगेर आए पनि फेरि पटकपटक राति चोरी हुने गरेको टेलिकमले जनाएको छ । 

दुई पोलबीचको ५० देखि ७५ मिटरसम्मका एक सय ५० ‘पियर’का तार चोरी हुने गरेको जनाइएको छ । 

एक लठ्ठा तारमा एक सय ५० लाइन टेलिफोन सञ्चालन हुने गर्दछ । विराटनगर महानगरमा २१ हजार टेलिफोन लाइन छन् । 
तीमध्ये आधाभन्दा बढी अप्टिकल फाइबरमा परिवर्तन भइसकेका छन् ।