Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज ७ बुधबार १०:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लकडाउनका कारण बन्द भएको विद्यालय सञ्चालन गर्दै बढैयाताल गाउँपालिका

Read Time : < 1 मिनेट
२०७७ असोज ७ बुधबार १०:२९:००

 बर्दियाको बढैयाताल गाउँपालिकाले विद्यालय सञ्चालनको तयारी गरेको छ । शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार बढैयाताल गाउँपालिकाले आगामी असाेज १५ गतेदेखि विद्यालय सञ्चालन गर्ने भएको हो । 

गाउँपालिकाले हाल विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको छ । असोज एक गते देखि १० गतेसम्म विद्यार्थी भर्ना अभियान, असोज ११ गते देखि १४ गतेसम्म अभिभावक भेल गर्ने योजना रहेको छ भने असोज १५ गते देखि विद्यालयमा पढाइ सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । गत भदौ ३१ गते विद्यालयका प्रधानाध्यापकसहित गाउँ शिक्षा समितिको बैठक बसी सो निर्णय भएको थियो । 

बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु ढकालका अनुसार स्वास्थ्य मापदण्ड कायम गरी विद्यालय सञ्चालन गरिनेछ ।  हरेक कक्षामा विद्यार्थीलाई १०–१० जनाको समूह विभाजन गरी एक समूहलाई एक दिन विद्यालयमा उपस्थित गराई शिक्षण गराउने योजना रहेको शिक्षा शाखा प्रमुख विष्णु ढकालले बताए ।  प्रत्येक समूहलाई १० दिनको गृहकार्य दिने र उनीहरूलाई १० दिनसम्म गृहकार्य गराउनका लागि फोनमार्फत सहजीकरण गर्ने गरी कक्षा सञ्चालन गर्ने योजना रहेको ढकालको भनाइ छ ।

 विद्यालय व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि कार्यविधि तयार भएको बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । उनले भने, ‘शिक्षा शाखा प्रमुखको संयोजकत्वमा गठन भएको समितिले कार्यविधि तयार गरी कार्यपालिकामा पेस गरेको छ । लगत्तै कार्यपालिकाको बैठक बसी पास गर्दै छौँ । कार्यविधिमा विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकले गर्नुपर्ने काम, कर्तव्यबारे समेत उल्लेख गरीएको छ ।’

बढैयाताल गाउँपालिकामा ४० वटा सामुदायिक विद्यालय र ११ वटा संस्थागत विद्यालयमा करिब १५ हजार विद्यार्थी अध्ययन गर्छन् ।