मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ असोज ७ बुधबार ०८:५८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लामो समयदेखि बन्द रहेको जानकी मन्दिर खुला

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ असोज ७ बुधबार ०८:५८:००

कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न भन्दै गरिएको लकडाउन र निषेधाज्ञाका कारण लामो समयदेखि बन्द रहेको जनकपुरस्थित जानकी मन्दिर दर्शनार्थीका लागि खुला गरिएको छ ।

१ असोजदेखि नै मन्दिर खुला गरिए पनि दर्शनार्थीको संख्या भने न्यून देखिएको छ । मन्दिर खुलेसँगै पूजा सामग्री तथा फलफूल मिठाइका पसल खुलेका छन् । दर्शानार्थीले सामाजिक दूरी पालना नगरेको, मास्क नलगाएको पाइएको छ ।

कोरोनाका कारण भारतसँगको सीमानाका बन्द, सार्वजनिक यातायातका सवारीसाधन धेरै सञ्चालनमा नआएको तथा स्वदेशी तथा विदेशी धार्मिक पर्यटक उल्लेख्य संख्यामा नआएको स्थानीय बताउँछन् ।

यसअघि कोरोना महामारीकै बीचमा एकपटक जानकी मन्दिर खुला गरिएको थियो, तर पछि स्थानीय प्रशासनले बन्द गराएको थियो । सर्वसाधारणका लागि मन्दिर बन्द गरिए पनि नियमित पूजापाठ भने हुँदै आएको थियो ।