मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ७ बुधबार ०७:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दशैँको अग्रिम  टिकट एक साताभित्र टुंगो लाग्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ७ बुधबार ०७:३०:००

सरकारले दशैँ, तिहार, छठलगायतका चाडपर्वमा आउन–जान सहज बनाउनका लागि अग्रिम टिकट बुकिङ खुलाउने भएको छ । यातायात व्यवसायी, उपभोक्ता, संघसंस्था, प्रहरी, यातायात मजदुरलगायतका सरोकारवाला निकायसँग छलफल गरेर एक हप्ताभित्र बुकिङ गर्ने समय टुंगो लाग्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

विगतका वर्षजस्तो यो वर्ष मानिसको चाप हुने सम्भावना नरहेको विभागको आकलन छ । धेरै मानिस घरमै रहेका र काठमाडौंमा पनि संक्रमणको अवस्था भएकाले उपत्यका छोड्ने सम्भावना न्यून छ ।   

महानगरीय ट्राफिक महाशाखाका अनुसार ४ असोज (आइतबार)सम्म बाहिरदेखि भित्रिनेको संख्या अधिक थियो । तर, सोमबारदेखि बाहिरिने धेरै छन् । ‘पछिल्ला दुई दिनमा २३ देखि २५ हजार मानिस बाहिरिएका छन्,’ महाशाखाका प्रवक्ता रामेश्वर यादवले भने । तर, भित्रिनेको संख्या भने त्योभन्दा कम छ । १ असोजदेखि ४ सम्म बाहिरिने संख्या ५७ हजार र भित्रिने संख्या ६३ हजार थियो । तर, अहिले बाहिरिने बढ्न थालेका छन् ।   

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक महाशाखा, यातायात कार्यालयलगायतले अहिले उपत्यकामा मात्रै ४० ठाउँमा सवारी मापदण्ड अवलम्बन गरेको या नगरेको अनुगमन गरिरहेका छन् ।