मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कुनाल पुरोहित
२०७७ असोज ७ बुधबार ०९:२५:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मिटु आरोपको रिपोर्टिङ कसरी गर्ने ?

Read Time : > 4 मिनेट
कुनाल पुरोहित
२०७७ असोज ७ बुधबार ०९:२५:००

सन् २०१७ अक्टोबरमा वासिंटन पोस्टकी रिपोर्टर स्टेफनी म्याक्क्रुमेनले सिनेट निर्वाचनका रिपब्लिकन उमेदवार रोय मुरसँग जोडिएको यौन दुव्र्यवहारका घटनाबारे सुनिन् । लगत्तै उनले घटनाको गहिराइमा गएर अनुसन्धान थालिन् । अनुसन्धानका क्रममा स्टेफनीको सम्पर्कमा आएकी एक महिलाले मुरले १८ वर्षको उमेरमा वाइन दिएको बताइन् । अलाबामा राज्यमा १९ वर्ष नपुगी रक्सी खान नपाइने कानुनी व्यवस्था छ । आरोप लगाइएको घटना ३८ वर्षअघिको थियो । पीडितको भनाइलाई पुष्टि गर्न स्टेफनीले पहिले महिलाले नाम लिएको रक्सीको ब्रान्ड घटना भएको भनिएको समयमा अस्तित्वमा रहे–नरहेको खोज गरिन् । उनी त्यत्तिमै रोकिइनन्, पीडित महिलाले नाम लिएको रेस्टुरा गएर १९७९ मा सो स्थानमा उक्त ब्रान्डको रक्सी प्रयोग हुने गरे–नगरेको सोधखोज गरिन् । रेस्टुराले महिलाको दाबीको पुष्टि ग¥यो । 

स्टेफनी र उनका सहकर्मीले दुई सातासम्म मुरविरुद्ध लागेको आरोपहरूका सम्पूर्ण विवरणको जाँच गरे । समाचार छाप्नुअघिे सत्यतथ्य जाँच्न स्टेफनीको टिमले कठोर मिहिनेत गरेको थियो । समाचार छापिएपछि तिनको मिहिनेतको प्रतिफल पनि देखियो । समाचारले प्रभाव पा¥यो । राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत समाचार र घटनामा प्रतिक्रिया दिए । बलिया रिपब्लिकन उमेदवार ठानिएका मुरले रिपब्लिकन पार्टीको गढमै चुनाव हारे । त्यही वर्ष अप्रिलमा स्टेफनी र उनका सहकर्मीले ‘इन्भेस्टिगेटिभ रिपोर्टिङ (अनुसन्धानात्मक रिपोर्टिङ) विधामा पुलिट्जर पुरस्कार जिते । त्यसको अर्को वर्ष अक्टोबरमा स्टेफनी र न्युयोर्क टाइम्सका रिपोर्टरद्वय किम सिभरसन र जुलिया मोस्किन हङकङ वाप्टिस्ट युनिभर्सिटीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । सिभरसन र मोस्किनले पनि यौनहिंसासँग सम्बन्धित अनुसन्धानात्मक समाचारका लागि पुलिट्जर पुरस्कार जितेका छन् । ती दुईले चर्चित सेफहरू केन फ्राइडम्यान र मारियो बटाली तथा इटालियन अभिनेतृ एसिया अर्जेन्टोविरुद्ध लागेको यौनहिंसाको अनुसन्धान गरेका थिए । तिनका न्युज स्टोरीहरू न्युयोर्क टाइम्सले मिटु आन्दोलनबारे गरेको रिपोर्टिङ शृंखलाका हिस्सा थिए ।

तिनको अनुभवबाट भारतलगायत दक्षिण एसियाका मिडियाले यौन शोषणका आरोपमा कसरी रिपोर्टिङ गर्ने विषयमा महत्वपूर्ण जानकारी हासिल गर्न सक्छन् । दक्षिण एसियामा मिटुअन्तर्गत कैयाैँ पत्रकार, राजनीतिज्ञ, सेलिब्रिटीहरूमाथि यौनहिंसाको आरोप लाग्यो । आरोप लगाउने शैलीलगायत विषयमा अमेरिका र यहाँका धेरै सन्दर्भ मिल्छन् । दुवै ठाउँमा दर्जनौँ महिलाहरू एकैपटक सामाजिक सञ्जालमा आफ्ना पीडकको नाम लिएर अगाडि आए । नाम लिइएका मानिसमध्ये धेरै त ख्यातिप्राप्त मानिस थिए । 

न्युयोर्क टाइम्सले पीडितलाई गोप्य रूपमा आफ्नो समस्या बताउने प्रणाली निर्माण गरेको थियो, जसमा धेरैको उजुरी आएको थियो । त्यसपछि मोस्किन र सिभरसनले प्राप्त तथ्यका सम्बन्धमा एउटा असल पत्रकारले जे गर्छ, त्यही काम सुरु गरे, अर्थात् तिनले सूचनाको पुष्टि गर्न थाले ।

मिडियाले यी आरोपलाई प्रस्तुत गर्ने मामिलामा भने दक्षिण एसिया र अमेरिकामा फरक शैली देखियो । उदाहरणका लागि भारतीय मिडियाले यौनहिंसाको आरोपका समाचार प्रस्तुत गर्दा अपवादबाहेक सबैले आरोप लगाउनेले सामाजिक सञ्जालमा भनेका कुराको रिपोर्टिङ गरे । तर, अमेरिकामा भने सार्वजनिक व्यक्तिमाथिका यौनहिंसाका आरोपहरू पत्रकारहरूले गहन अनुसन्धान गरेर सार्वजनिक भएका थिए । हलिउड निर्माता हार्वे वेनस्टिनदेखि कमेडियन लुइस सिकेसम्मका यौन शोषणका मुद्दा सञ्चार माध्यमबाट बाहिरिएका थिए । 

स्टेफनी, सिभरसन र मोस्किनले तयार पारेका न्युज स्टोरीहरू सामाजिक सञ्जालका सूचना हेरेर लेखिएका थिएनन् । खासमा सामाजिक सञ्जालमा आरोप सार्वजनिक भएपछि तिनको खोज सुरु भएको थियो । खानाको विषयमा लेखिरहेका लेखकद्वय सिभरसन र मोस्किनले जब हार्वे वेनस्टिनविरुद्धका विस्तृत अनुसन्धान पढे, तब तिनको मनमा आफूले रिपोर्टिङ गरिरहेका क्षेत्रमा पनि कुनै ‘हार्भे वेनस्टिन’ छन् कि भन्ने प¥यो । लगत्तै मोस्किनले सामाजिक सञ्जालमा यस्ता केही सूचना भए बताउन आह्वान गरे । न्युयोर्क टाइम्सले पीडितलाई गोप्य रूपमा आफ्नो समस्या बताउने प्रणाली निर्माण गरेको थियो, जसमा धेरैको उजुरी आएको थियो । त्यसपछि मोस्किन र सिभरसनले प्राप्त तथ्यका सम्बन्धमा एउटा असल पत्रकारले जे गर्छ, त्यही काम सुरु गरे, अर्थात् तिनले सूचनाको पुष्टि गर्न थाले । ‘हामीले आफूसम्म आएका सूचनाको सत्यतथ्य पुष्टि गर्ने माध्यम खोज्यौँ । इमेल, टेक्स्ट वा प्रत्यक्षदर्शीबारे सोधखोज ग¥यौँ । आरोप लगाउनेहरूले घटनाबारे आफ्ना परिवारका सदस्य वा मित्रलाई पनि बताएको हुनुपर्छ भन्ने लागेर तीसँग पनि सम्पर्क ग¥यौँ ।’ दुवैजना अज्ञात स्रोतलाई सकेसम्म नसमेट्ने कुरामा सहमत थिए । यहाँसम्म कि रिपोर्टरले एकजना नाम उल्लेख गर्न नचाहने व्यक्तिको प्रसंग नै हटाइदिए । तिनको सम्पर्कमा आएका अरू पाँचजना रेकर्डमा कुरा गर्न सहमत थिए । 

स्टेफनीले पनि नाम उल्लेख गर्न चाहने व्यक्तिको कथा समेट्ने कुरामा आफू सहज नभएको बताइन् । मुरविरुद्धको आरोपमा उनले गरेको अनुसन्धानमा सबैभन्दा गम्भीर आरोप एकजना कोर्फम्यान नाम गरेकी महिलाले लगाएकी थिइन् । ती महिलाले आफू १४ वर्षको हँुदा तत्कालीन समय ३२ वर्षका मुरले यौनकार्यमा संलग्न गरेको बताएकी थिइन् । स्टेफनीले प्रत्येक अंशको सत्यता जाँच गर्न कोर्फम्यानको पृष्ठभूमिबारे पनि खोजबिन गरिन् । कोर्फम्यानको व्यक्तिगत इतिहास, आपराधिक रेकर्ड तथा वित्तीय कारोबारसमेत उनले अनुसन्धानमा समेटिन् । त्यसबाट त्यति असल चित्र आएन । कोर्फम्यानले तीनपटक व्यवसाय टाट पल्टेको भन्दै आर्थिक सुरक्षा खोजेको देखियो । त्यस्तै उनीविरुद्ध अन्य स–साना अपराधका मुद्दा पनि परेका थिए भने उनको तीनपटक सम्बन्धविच्छेद भएको रहेछ । र, कोर्फम्यान रिपब्लिकन मतदाता थिइन् । स्टेफनीको एउटा मान्यता थियो– उनी आफ्ना पाठकलाई ती हरेक कुराबारे बताउन चाहन्थिन्, जसले मुद्दाबारे तिनको पूर्ण धारणा बनाउन सघायोस् । यसका लागि उनी आरोप लगाउनेका अँध्यारो पक्ष छन् भने तिनलाई लुकाउन चाहँदैनथिन् । ‘आरोपीहरूका विगतका केही खराब पक्ष हटाइदियौँ भनेपछि त्यही कुरा अरू कसैले उठाएर उनका आरोपमाथि प्रश्न खडा गरिदिन सक्छन्,’ स्टेफनीले भनिन् । 

समाचार संस्था र सामाजिक सञ्जालमा एक महत्वपूर्ण भिन्नता हुन्छ । मिडियाले तथ्यको जाँच गरेर तिनलाई पुष्टि गर्नुपर्छ । यो पक्षविना समाचार संस्था र सामाजिक सञ्जालबीचको भिन्नता मेटिन्छ । त्यस्तो अवस्थामा पाठकले तपाईंलाई किन पढ्न आवश्यक रहन्छ र ?

यही कुरा बुझाएर उनले कोर्फम्यानलाई यी कुरा समावेश गर्न सहमत गराइन् । यसका पछाडि म्याक्क्रुमेनलाई अर्को महत्वपूर्ण कुरा पनि रहेको लाग्छ । ‘पाठकको मनमा कोर्फम्यान डेमोक्रेट मतदाता भएकाले विपक्षी पार्टीको उमेदवारलाई आरोप लगाएको आशंका उत्पन्न हुन सक्छ । त्यसैले समाचारमा उनी रिपब्लिकन मतदाता भएको कुरा पनि खुलाएर लेखिएको थियो ।’ तीनैजना पुलिट्जर पुरस्कार विजेताहरूले आरोप लगाउनेहरूका सबै पक्ष पुष्टि गरेपछि मात्र तिनको आरोपलाई आफूहरूले विश्वास गरेको बताए । त्यसो भए मिडियाले सामाजिक सञ्जालमा महिलाले लगाएका आरोपलाई कसरी हेर्नुपर्छ त ? भारत तथा दक्षिण एसिया क्षेत्रको मिटु अभियानलाई मुख्यतः ट्विटर तथा फेसबुकले निर्देशित ग¥यो । 

महिलाहरूले आफूमाथि हिंसा गर्नेहरूको नाम लिए । यी सामाजिक सञ्जालका पोस्टलाई मिडियाले पुष्टि नगरी प्रकाशित गरे । स्टेफनी यस्तो रिपोर्टिङमा सहज मान्दिनन् । उनको विचारमा पछि यसले पत्रकारिताप्रतिको विश्वसनीयतामा आघात पु¥याउँछ । समाचार रिपोर्ट मात्र दिने समाचार संस्थाले सामाजिक सञ्जालकै नक्कल गरेको स्टेफनीको बुझाइ छ । ‘समाचार संस्था र सामाजिक सञ्जालमा एक महत्वपूर्ण भिन्नता हुन्छ । मिडियाले तथ्यको जाँच गरेर तिनलाई पुष्टि गर्नुपर्छ । यो पक्षविना समाचार संस्था र सामाजिक सञ्जालबीचको भिन्नता मेटिन्छ । त्यस्तो अवस्थामा पाठकले तपाईंलाई किन पढ्न आवश्यक रहन्छ र ?’ 

टे«न्डमा रहेका ह्यासट्यागका आधारमा न्युजरुम एजेन्डा तय हुने आजको समयमा तीनजना पुलिट्जर विजेताले पत्रकारहरूलाई भिडको भावना तथा दबाबमा पर्न नहुने सल्लाह दिए । सिभरसन आफ्नो सहानुभूति पीडितप्रति रहेको बताउँदै अगाडि भन्छिन्, ‘तर पहिले म न्युयोर्क टाइम्सको रिपोर्टर हुँ र त्यस आधारमा मेरो जिम्मेवारी पाठकप्रति हुन्छ । पाठकलाई कसरी एउटा उत्कृष्ट स्टोरी दिने भन्नेमा मेरो ध्यान हुन्छ ।’ आफूले स्टोरी गरेको मानिसबारे करुणाको भावना आउनु स्वाभाविक भएको उनी बताउँछिन् । स्टेफनीको विचारमा यौनहिंसाको आरोपबारे रिपोर्टिङ गर्दा पत्रकारले विवरणहरूको पुष्टि गर्न थप मिहिनेत गर्नुपर्छ र बलियो स्टोरी प्रस्तुत गर्नुपर्छ । आरोपको स्टोरी कमजोर भयो भने त्यसले आरोप लगाउनेको विश्वसनीयतामाथि नै असर पर्ने उनको बुझाइ थियो । 

(कुनाल पुरोहित पत्रकार हुन्)
न्युजलन्ड्रिडटकमबाट