१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/एएफपी
२०७७ असोज ६ मंगलबार १५:२२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

एक सातामा विश्वमा थपिए २० लाख कोरोना संक्रमित

Read Time : < 1 मिनेट
रासस/एएफपी
२०७७ असोज ६ मंगलबार १५:२२:००

कोरोना महामारी विश्वव्यापी रूपमा तीव्र गतिमा फैलिरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ  । पछिल्लो एक सातामा मात्रै करिब २० लाख व्यक्ति कोरोना (कोभिड–१९) बाट सङ्क्रमित भएको उक्त संस्थाले जनाएको छ ।

डब्लुएचओको पछिल्लो तथ्याङ्कअनुसार १३ देखि २० सेप्टेम्बरसम्ममा  १९ लाख ९८ हजार आठ सय ९७ व्यक्ति सङ्क्रमित भएका छन् । संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायका अनुसार यो एक साताको अवधिमा विश्वभर सङ्क्रमितको सङ्ख्या  ६ प्रतिशतले बढेको छ र यो महामारी सुरु भएदेखि कै उच्च सङ्क्रमण दर हो । 

विश्वमा मङ्गलबारसम्म कोभिड–१९ बाट तीन करोड १५ लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको सङ्ख्या नौ लाख ६९ हजार सात सयभन्दा बढी पुगेको डब्लुएचओले बताएको छ । पछिल्लो तथ्याङ्कअनुसार सङ्क्रमण सबैभन्दा बढी अमेरिकामा ७० लाख ४६ हजार दुई सय १६ रहेको छ भने दोस्रो धेरै सङ्क्रमित भएको मुलुक भारतमा ५५ लाख ६२ हजार ६ सयभन्दा बढी पुगेको छ । 

अमेरिकामा सङ्क्रमितमध्ये दुई लाख चार हजार पाँच सय ६ को मृत्यु भइसकेको छ । त्यस्तै बढी मृत्यु भएका अन्य मुलुक मध्ये ब्राजिलमा एक लाख ३७ हजार तीन सय ५०, भारतमा ८८ हजार नौ सय ६५, मेक्सिकोमा ७३ हजार सात सय, बेलायतमा ४१ हजार सात सय ८८र इटलीमा ३५ हजार सात सय २४ व्यक्तिको ज्यान गुमेको छ ।