मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज ६ मंगलबार १३:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय वनमा अवैध चिरान गर्ने पाँच पक्राउ

Read Time : < 1 मिनेट
२०७७ असोज ६ मंगलबार १३:४२:००

डिभिजन वन कार्यालय मकवानपुरले राष्ट्रिय वन क्षेत्रभित्र सालको रूख काटेर अवैध चिरान गर्ने पाँचजनालाई पक्राउ गरेको छ ।

अनुगमनमा खटिएको टोलीले सोमबार मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका– १ स्थित डाङडुङेको राष्ट्रिय वन क्षेत्रमा अवैध रूपमा सालको रूख काटेर चिरान गरिरहेको अवस्थामा पाँचजनालाई पक्राउ गरेको हो । 

उनीहरूले वनभित्र अवैध रूपमा रूख कटान गरिरहेको डिभिजन वनमा कार्यरत अधिकृत यामकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यालयका अनुसार पक्राउ पर्नेमा रौतहट गुजरा नगरपालिका– २ बस्ने अन्चित माझी, सोही ठाउँका लालबाबु चौधरी, सत्यनारायण चौधरी, गुजरा नगरपालिका–९ बस्ने सोहन माझी र वीरेन्द्र चौधरी रहेका छन् । 

वन क्षेत्रभित्र चिरान गर्ने हातेमेसिनसहित उनीहरूलाई नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ । 
अवैध काठ चिरानमा संलग्न एक अभियुक्त फरार रहेको डिभिजन वन प्रमुख इमनाथ पौडेलले जानकारी दिए ।