मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज ६ मंगलबार १३:३२:००
Read Time : > 3 मिनेट
फिचर

कोरोना संक्रमणको दोस्रो लहर :  नियन्त्रणका लागि के गर्दै छन् विश्वका शक्तिराष्ट्रहरू ?

Read Time : > 3 मिनेट
२०७७ असोज ६ मंगलबार १३:३२:००

कोरोना महामारीको जोखिम नघटे पनि विश्वभर अहिले लकडाउन लचिलो बनाइएको छ । जसबाट आमनागरिकले राहत महसुस गरेका छन् । कतिपय देशले लचिलो लकडाउनमा जोखिम अझै बढ्ने भन्दै कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिएका छन् । जसबाट केही हदमा कोरोना नियन्त्रण भइरहेको विश्वास गरिन्छ । तर, धेरै देशले लकडाउन लचिलो बनाएसँगै परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई पनि लचिलो बनाएका छन् जुन घातक हुने वैज्ञानिकहरूको चेतावनी छ ।

विश्वमा अहिले कोरोना भाइरस (कोभिड– १९) को दोस्रो चरण चलिरहेको वैज्ञानिकहरूको भनाइ छ । कोरोना भाइरसको पहिलो चरण भन्नाले सुरुवाती समयको लकडाउन समयलाई उनीहरूले मानेका छन् । जुन वेलामा उत्तर र दक्षिण अमेरिका, युरोप, एसिया, अफ्रिका तथा एसिया महादेशका नागरिकले तीन–चार महिना कठोर लकडाउनको सामना गरे । यो वेला सबै नागरिक घरभित्रै बसे । यस समयमा सबैलाई कोरोना लाग्छ भन्ने डर थियो । 

गत डिसेम्बरमा कोरोना भाइरसको पहिलो केस फेला परेका थियो । यस भाइरससँग राम्रोसँग जानकार कोही थिएनन् । अझै भनौँ– सिंगो विश्व यो भाइरसविरुद्ध लड्न तयार थिएन । यहाँसम्म कि वैज्ञानिक, चिकित्सक तथा अनुसन्धानकर्ताले नै कोभिड– १९ कसरी नियन्त्रणमा लिन सकिन्छ भन्न मेसोसमेत पाएनन् । यद्यपि, पहिलो चरणको लकडाउनबाट कतिपय राष्टे कोरोनामाथि केही नियन्त्रण लिन सफल भए । तर, बेलायत, स्पेन, इटाली र जर्मनीजस्ता विकसित राष्ट्रले कोरोना नियन्त्रणमा लिन सकेनन् । सुरुमा उनीहरूले यसलाई हल्का रूपमा लिएका थिए । पछि कोरोनाले एउटा महामारीकै रूपमा लियो । कोरोनाले प्रभावित विश्वका हरेक राष्ट्रले कोरोना रोकथामका लागि अनेक प्रयास गरे । सोचेजस्तो सफलता कसैले पाउन सकेनन् ।

यसकारण प्रारम्भिक चरणमा अनुसन्धानकर्ता कोभिड– १९ कसरी महामारीका रूपमा फैलियो भन्नेमै द्विविधा र अन्योलमा परे । युरोप, उत्तर तथा दक्षिण अमेरिका कोभिड– १९ को रोकथामका लागि ‘भ्याक्सिन’ उत्पादनतिर लागे । 

चीन र न्युजिल्यान्डलाई सफलता 
चीनको वुहान कोरोना भाइरसको उद्गम थलो मानिन्छ । कोरोना रोकथाममा चीन र न्युजिल्यान्डले अनपेक्षित सफलता प्राप्त गरे । यी दुवै राष्ट्रले भाइरस पत्ता लागेपछि नै सम्बन्धित क्षेत्र सिल वा लकडाउन गरे । सरकारले स्थानीय व्यक्तिलाई एक जिल्ला वा सहरबाट अर्को स्थानमा जान प्रतिबन्ध लगायो । सबै जनतालाई घरमै आइसोलेसनमा बस्न निर्देशन दिएको थियो । सेल्फ आइसोलेसन र क्वारेन्टिनका नियम अति नै कडा थियो । सुरुकै चरणमा अपनाइएको विधिकै कारण न्युजिल्यान्ड र चीनमा कोरोना भाइरस तीव्र गतिमा फैलिन पाएन । अहिले दुवै राष्ट्रमा कोरोनाको केस निकै कम छ । न्युजिल्यान्ड र चीनले लकडाउनपछिको अवस्थालाई दोस्रो चरण मानेका छन् । यस चरणमा थप सावधानी अपनाउनुपर्ने भनिएको छ । विशेषतः अहिले समाजभित्र नै कन्ट्याक्ट टे«सिङ र परीक्षणलाई जोड दिइएको छ । 

दोस्रो चरणमा चुक्दै
पहिलो चरणमा मध्य तथा पूर्वी युरोपमा अकल्पनीय रूपमा कोरोना नियन्त्रणमा आयो । सुरुमै सावधानी अपनाएको कारण यी देशमा कोरोना महामारीका रूपमा फैलिएन पाएन । चेक रिपब्लिक तथा हंगेरीमा संक्रमण बढे पनि मृतकको संख्या थोरै छ । पश्चिमभन्दा पूर्वी युरोपमा कोरोना संक्रमित तथा मृत्यदर निकै कम छ । तर, पहिलो चरणमा उनीहरूले प्राप्त गरेको सफलता दोस्रो चरणमा यथावत् राख्न सकेको देखिँदैन ।

अहिले यहाँका जनताले कोरोनालाई हल्का रूपमा लिइरहेका छन् । कोभिड– १९ को भ्याक्सिन परीक्षण विभिन्न चरणमा पुग्दा पूर्वी युरोपका जनता निकै खुला भएका छन् । उनीहरूले यसवेला केही पनि सावधानी अपनाएका छैनन् । रोग लागे पनि एन्टिडोपिङ भाइरसले निको हुने भ्रम छ । 

यसकारण नै अहिले चेक रिपब्लिक र हंगेरी मात्र होइन, पूर्वी युरोपमा कोभिड– १९ बिस्तारै फैलिरहेको छ । दोस्रो चरणमा यो अब महामारीको रूपमा फैलन सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । चेकका प्रधानमन्त्री एन्डे«स बाविसले सरकारले जनताको स्वास्थ्यलाई गम्भीरतापूर्वक लिएको दाबी गरेका छन् । ‘वर्तमान मागअनुसार सबै काम सरकारले गरेको छ,’ उनले भने । 

कोरियाको कोरोना नियन्त्रण कला 
जर्मनी र दक्षिण कोरिया यस्ता राष्ट्र हुन् जसले कोरोनालाई महामारीका रूपमा फैलिन नदिन परीक्षण तथा ट्रेसिङलाई प्राथमिकतामा राखेका थिए । दक्षिण कोरियाले यतिसम्म ग¥यो कि कोरोना लागेको स्थान पूरै सिल गरी ट्रेसिङ गरेको थियो । जसबाट कोरोना समुदायमा फैलन पाएन । 

दक्षिण कोरिया नै कोरोना भाइरसको दोस्रो चरणविरुद्ध लड्न सबै तयारी भइसकेको घोषणा गर्ने पहिलो राष्ट्र हो । जर्मनीले समर बिदा सकाएर आएका सबै व्यक्तिको परीक्षणलाई व्यापकता दिएको छ । पहिलोमा भन्दा दोस्रोमा परीक्षण तथा टे«सिङ राम्रो बनाउनुपर्ने दबाब छ । यदि दोस्रो चरणमा नियन्त्रण लिन सकिएन भने जर्मनीले आउने विन्टर सिजनमा ठूलो समस्या भोग्नुपर्ने वैज्ञानिकले चेतावनी दिएका छन् । 
 
आंशिक लकडाउनले निम्त्याएको त्रास
अस्ट्रेलिया र स्पेनले सुरुका दिनमा कोरोनामाथि जित हासिल गरे । उनीहरूले सुरुमा कोभिड– १९ विरुद्ध डटेर लडे । अस्टे«लियाले पूरै देश नै लकडाउन ग¥यो । स्पेनले आंशिक रूपमा लकडाउन ग¥यो । लकडाउन भए पनि कन्ट्याक्ट ट्रेसिङमा त्यति धेरै ध्यान दिइएको थिएन । टेस्ट गर्ने जिम्मेवारी पाएको संस्थाले यस अभियानलाई प्रभावकारी बनाउन सकेन । 

स्पेन र अस्ट्रेलियामा टे«सिङमा समस्या भएकाले कोभिड– १९ एकैपटक फैलिएको अनुमान छ । अझ स्पेनको राजधानी रियल म्याड्रिडमा नियम त्यति कडा नहुँदा एक लाख नागरिकको परीक्षणमा हजारजना संक्रमित भए । असुरक्षित रूपले लकडाउन खुलेको कारण स्पेनमा सोचेभन्दा बढी नै संक्रमित बढेका हुन् । 

दक्षिण अफ्रिकाको प्रयास
विश्वमा सबैभन्दा कडा लकडाउन भएको देश दक्षिण अफ्रिका हो । एसिया र युरोपमा कोरोना भाइरस देखा परेको समयमा दक्षिण अफ्रिकी सरकारले आफ्ना जनतालाई यसबारे जानकारी गराएको थियो । भाइरस जोकोहीबाट सर्न सक्ने जनाउँदै सबै क्षेत्रमा सामाजिक दूरी र मास्क अनिवार्य बनाइयो । दक्षिण अफ्रिकाको ग्रामीण क्षेत्रमा समेत यससम्बन्धी चेतनामूलक सन्देश जारी भएको थियो । 

दक्षिण अफ्रिकामा अहिले पनि समूह बनाएर घुम्न वा बस्न नपाउने, जहाँ भए पनि आपसी कुराकानी गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने, स्यानिटाइजर तथा मास्क लगाउनुपर्ने नियम छ । वैज्ञानिकहरूले पनि दक्षिण अफ्रिकाले अपनाएको नीतिको सराहना गरेका छन् । सुरुकै चरणमा कोभिड– १९ विरुद्ध राम्रो तयारी गरे पनि दक्षिण अफ्रिका अहिले थप सतर्कता अपनाउने तयारीमा छ । –एजेन्सीको सहयोगमा