मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज ६ मंगलबार १३:१६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

खाद्य व्यवस्था कम्पनीले दशैँमा तीन हजार खसी–च्याङ्ग्रा बिक्री गर्ने

Read Time : < 1 मिनेट
२०७७ असोज ६ मंगलबार १३:१६:००

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँलाई लक्षित गर्दै यो वर्ष तीन हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ । 

हरेक वर्ष खसी–बोका किनेर सर्वसुलभ रूपमा बिक्री गर्दै आएको संस्थानले यो वर्ष तीन हजार खसी–बोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो । 

संस्थानले १४ सय च्याङ्ग्रा र १६ सय खसी–बोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडका योजना विभाग प्रमुख शर्मिला सुवेदीले बताइन् । 

कति संख्यामा खरिद गर्ने भन्ने यकिन भए पनि कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको उनले जानकारी दिइन् । 

संस्थानले विगत वर्षहरू जस्तै यो वर्ष पनि चामल, दाल, तेलजस्ता खाद्यवस्तु पनि बिक्री गर्ने भएको छ । 

यस्तै सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने उनले जानकारी दिइन् । विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने पनि उनले बताइन् । 

संस्थानले हरेक वर्ष दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विगत वर्षहरूमा दाङ, तुलसीपुर, हेटौँडा र नेपालगन्जलगायतका स्थानबाट खसी0बोका ल्याउने गरेको छ । 

च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ । यसपटक खाद्यले खसी–बोका खरिदका लागि अनुमानित पाँच करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ । 

गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल पाँच करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।