१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ असोज ६ मंगलबार १२:१०:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आइपिएल : बेंग्लोर १० रनले विजयी

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ असोज ६ मंगलबार १२:१०:००

१३औँ इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत सोमबार रोयल च्यालेन्जर्स बेंग्लोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको छ । 

दुबईको डिएससी मैदानमा सम्पन्न खेलमा बेंग्लोरले पहिलो ब्याटिङ गरी पाँच विकेट गुमाएर एक सय ६३ रन बनाएको थियो । प्रत्युत्तरमा हैदराबाद १९.४ ओभरमा एक सय ५३ रनमै समेटिँदा बेंग्लोरले आफ्नो पहिलो खेलमै जित निकाल्यो । 

बेंग्लोरको जितमा युज्भेन्द्र चाहलले घातक बलिङ गरेका थिए । उनले चार ओभरमा १८ रन खर्चेर तीन विकेट लिए । 
यसैगरी नवदीप सैनले २५ रन खर्चेर दुई तथा सिभम दुवेले १५ रनमा दुई विकेट हात पार्दा हैदराबादको बलियो ब्याटिङ लाइन ध्वस्त भयो । 

हैदराबादको ब्याटिङ इनिङ्समा केवल दुई ब्याट्सम्यान मात्र चले । जोनी वैटसाउ र मनीष पाण्डेले दोस्रो विकेटका लागि ७१ रन साझेदारी गर्दै हैदराबादलाई ११.६ ओभरमा ८९–२ को बलियो स्थितिमा राखे । 

हैदराबादले थप ६४ रन बटुल्दा आठ विकेट गुमायो । जोनीले ४३ बलमा ६ चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ६१ रनको योगदान दिए ।

पाण्डेले ३३ बलमा तीन चौका र एक छक्काको सहयोगमा ३४ रन बनाए । हैदराबादका तीन ब्याट्सम्यानमा डक आउट भए । 

यसअघिको ब्याटिङमा बेंग्लोरका लागि आरोन फिन्च र देभदत्त पदिकालबीच पहिलो विकेटका लागि १०.६ ओभरमा ९० रनको साझेदारी भएको थियो । 
देवदत्तले ४२ बलमा ५६ रनको योगदान दिँदा आठ चौका प्रहार गरे । 

फिन्चले २७ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २९ रन बनाए । कप्तान विराट कोहलीले १३ बलमा १४ रन बनाए । 

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सले विस्फोटक ब्याटिङ इनिङ्स खेले । उनले ३० बलमा दुई छक्का र चार चौका प्रहा गरी ५१ रन जोडेका थिए । 
यस खेलमा बेंग्लोरका ओपनर देवदत्तले आइपिएलमा डेब्यु गरेका हुन् । बेंग्लोरले अक्सनमा देवदत्तमाथि न्यूनतम मूल्य २० लाख भारुमा भित्र्याएको थियो । 

६ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धामा फर्किएका बेंग्लोरका कप्तान विराटले खासै योगदान दिन सकेनन् । बेंग्लोरका उनी सर्वाधिक महँगा खेलाडीमा पर्छन् । बेंग्लोरले विराटलाई १७ करोड भारुमा रिटन गरेको थियो । 

यता हैदराबादका कप्तान डेभिड वार्नर महँगा खेलाडी हुन् । हैदराबादले वार्नरलाई रिटन गर्दा १२ करोड ५० लाख भारु खर्चिएको थियो । उनले केवल ६ रन मात्र बनाए । वार्नर उमेश यादवको थ्रोमा रनआउट भएका थिए । 

यस खेलमा हैदराबादले जोनी, मार्स तथा रसिद खानलाई मौका दिँदा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले मौका पाएनन् ।