१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
जीवन बस्नेत काठमाडौं
२०७७ असोज ६ मंगलबार ०७:३१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोरोना जोखिमबाट जोगिन यातायात सञ्चालन निर्देशिका 

Read Time : < 1 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७७ असोज ६ मंगलबार ०७:३१:००

यातायात व्यवस्था विभागले यातायात व्यवसायी, व्यवस्थापन र कम्पनीले पालना गर्नुपर्ने १३ कार्यसहितको यातायात सञ्चालन निर्देशिका, २०७७ सार्वजनिक गरेको छ । निर्देशिकामा सवारीसाधनको निर्मलीकरण, यात्रु सिटको सफाइ, सामाजिक दूरी कायम गर्ने, सवारीसाधन सञ्चालनको समयतालिका निर्धारण, थर्मल गनको व्यवस्था, स्यानिटाइजरको अनिवार्य प्रयोग, भाडा असुलीका लागि स्क्यान एन्ड पे वा कन्ट्याक्टलेस कार्ड प्रणाली वा भाडा संकलन बाकसको व्यवस्था, डस्टबिनलगायतका कार्य हुनुपर्ने उल्लेख छ । 

त्यस्तै, सवारीचालक र सहचालकलाई संक्रमणको जोखिमबाट जोगिन गर्नुपर्ने कार्यलाई १० बुँदामा उल्लेख गरेको छ । मुख्य गरी यात्रु चढाउने र ओराल्ने स्थानमा मात्रै रोक्ने, चालक–सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउने, परिचयपत्र लगाउनेलगायत छन् । त्यस्तै, यात्रुले पनि सम्भव भएसम्म पैदलै यात्रा गर्ने, अशक्त र कमजोर शारीरिक अवस्था भएकाले सकभर सवारीसाधन प्रयोग नगर्ने, बस टर्मिनल र बस बिसौनीमा खानेकुरा नखाने र सामाजिक दूरी कायम राख्नेलगायतका छन् । 
 
हराएको लाइसेन्सको सिफारिस अनलाइनबाट   
हराएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सवारी दर्ता किताब र सवारी इजाजतपत्रको सिफारिस लिन ट्राफिक कार्यालय धाउनुनपर्ने भएको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले सिफारिस बनाउन सक्ने ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए । ‘हराएको लाइसेन्स, बिलबुक र पर्मिटका लागि धेरै दिन लगाएर सेवाग्राहीले ट्राफिक कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ,’ उनले भने । दैनिक दुई सयको हाराहारीमा महाशाखामा हराएको सिफारिस लिन आउने गर्छन् । अब ट्राफिक प्रहरीको वेबसाइटमा गएर फर्म भर्नुपर्ने हुन्छ ।