Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २० आइतबार १८:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २० आइतबार १८:३८:००

धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गरेको छ । फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मश’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले आइतबार संयुक्त रुपमा डोजर चलाएर रंगशाला निर्माण सुरुवात गरेका हुन् । फाउण्डेशनका अध्यक्ष एवंम् चर्चित हास्य कलाकार कट्टेलले रंगशाला निर्माणको काम तोकिएको समयभन्दा अघि नै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कट्टेलले निर्माणमा अनुभव हासिल भइसकेकाले रंगशाला बनाउने काममा ढिलाई नहुने बताए । रंगशाला निर्माणका लागि गुरुयोजना बनाउने काम सुरु भइसकेको उनले जानकारी दिए । फाउन्डेशनकी उपाध्यक्ष घिमिरेले देशको मुहारमा खुशीयाली ल्याउन रंगशाला निर्माणको कामको जिम्मा लिएको बताइन ।

२० बिगाहा ८ कट्ठा जमिनमा निर्माण गरिएको सो अन्तर्राष्ट्रिय रंगशालाको लागत ३ अर्ब लाग्ने अनुमान गरिएको छ । गत माघ १६ गते फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच रंगशाला २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको थियो ।