मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ५ सोमबार १८:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी हुन पिसिआर टेस्ट अनिवार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ५ सोमबार १८:२७:००

१४औँ महाधिवेशनको तयारीका लागि बोलाएको केन्द्रीय समितिको बैठकका लागि कांग्रेसले कोभिड– १९ को पिसिआर टेस्ट अनिवार्य गरेको छ । बैठक आगामी १९ असोजमा पार्टी कार्यालय सानेपामा बोलाइएको छ । 

केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य र केन्द्रीय कार्यालयका सबै कर्मचारीका लागि १५ असोजमा पिसिआर टेस्ट गर्ने कांग्रेसले जनाएको छ । 

सबैले अनिवार्य रूपमा केन्द्रीय कार्यालय सानेपामा पिसिआर टेस्ट गराउनुपर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कोरोनाको महामारी र सुस्त तयारीले गर्दा यसअघि घोषित १४औँ महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसले महाधिवेशनको कार्यतालिका पुनः हेरफेर गर्न लागेको हो । 

प्रवक्ता विश्वप्रकाश शर्माले आगामी फागुन ७ देखि महाधिवेशन गर्ने पुरानो मुख्य तालिका हेरफेर नभए पनि तल्लो तहको अधिवेशनको समय परिमार्जन हुने जानकारी दिए । समयमा महाधिवेशन गर्न पार्टी संस्थापनले तदारुकता नदेखाएको भन्दै संस्थापनइतर पक्ष असन्तुष्ट छन् ।