Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज ५ सोमबार १७:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरीमा डुबेर एकै परिवारका तीनको मृत्यु 

Read Time : < 1 मिनेट
२०७७ असोज ५ सोमबार १७:१८:००

मोरङको ग्रामथानमा रहेकाे पोखरीमा डुबेर एकै परिवारका तीन जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रामथान–४ की ३५ वर्षीया सीता अधिकारी र उनका दुई छोरी १३ वर्षीया पवित्रा र ९ वर्षीया कृतिका रहेका इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

आइतबार साँझ घर छेउमा रहेको माछा पोखरीमा गएका छोरीहरु नफर्केपछि आमा उनीहरुलाई खोज्दै गएकी थिइन् । आमासमेत नफर्केपछि मृतकका  परिवारकाअन्य सदस्यले खाेज्ने क्रममा तीनै जना पोखरीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

छोरीहरु डुबेको देखेपछि निकाल्न  पाेखरीमा पसेकी आमाको समेत डुबेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक ढकालले बताए । 

मृतकहरूको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाएइएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।