१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज ५ सोमबार १६:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राक्सिराङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक गम्भीर घाइते

Read Time : < 1 मिनेट
२०७७ असोज ५ सोमबार १६:४१:००

मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिका– ३ स्थित झिल्किनीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । 

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने राक्सिराङनजिक मनहरी बजारबाट सामानका साथै यात्रु बोकेर झिल्किनी जाँदै गरेको ग.१ज ७१७५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको र एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

जिप सडकबाट करिब ४० मिटर तल खस्दा स्थानीयवासी १४ वर्षीय अनुप वाइबा र १३ वर्षीय रिजन तितुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । 

दुर्घटनामा परी सोही स्थानका २७ वर्षीय सुरज शाही गम्भीर घाइते भएका छन् । शाहीलाई चितवन पठाइएको प्रहरीले जनाएको छ । 

घटनास्थलमा इलाका प्रहरी कार्यालयबाट र राक्सिराङ चौकीबाट टोली खटाइएको र दुर्घटनाबारे थप बुझ्ने काम भइरहेको डिएसपी रानाले बताए । 

जिपमा चालकसहित सातजनामध्ये तीनको अवस्था सामान्य रहेको छ ।