मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
रासस/एएफपी वासिङ्टन
२०७७ असोज ५ सोमबार १३:४०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड १२ लाख नाघ्यो, दुई करोड २८ लाख निको भए

Read Time : < 1 मिनेट
रासस/एएफपी वासिङ्टन
२०७७ असोज ५ सोमबार १३:४०:००

विश्वभरि कोरोना भाइरस संक्रमितको संख्या तीन करोड १२ लाख ४३ हजार तीन सय ३९ पुगेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।  

त्यसमध्ये दुई करोड २८ लाख ३५ हजार ६ सय ३२ जना संक्रमणमुक्त भएका छन् ।

चीनको वुहानमा गत वर्ष पहिलोपटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ६५ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट हालसम्म सबैभन्दा बढी प्रभावित देशमा क्रमशः अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा पनि संक्रमण बढेको देखिएको छ ।