१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज ५ सोमबार १३:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निउरो टिप्न गएका वृद्ध मृत फेला

Read Time : < 1 मिनेट
२०७७ असोज ५ सोमबार १३:११:००

बाग्लुङको निसीखोला गाउँपालिकामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

निसीखोला गाउँपालिका– ६ गुममा ७४ वर्षीय देउमने बुढा मगर मृत अवस्थामा फेला परेका हुन् । 

तरकारीको रूपमा प्रयोग गरिने निउरो टिप्न बिहान जंगलमा गएका बुढा दिनभर घर नफर्किएपछि आइतबार साँझ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका डिएसपी राजेन्द्र रेग्मीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोली घटनास्थलतर्फ गएको रेग्मीले बताए ।