मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज ५ सोमबार १२:२३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बाग्लुङको पश्चिम बुर्तिबाङ क्षेत्रमा केन्द्रीय विद्युत् पुग्यो

Read Time : < 1 मिनेट
२०७७ असोज ५ सोमबार १२:२३:००

बाग्लुङको पश्चिम बुर्तिबाङ बजारमा केन्द्रीय विद्युत् प्रसारण पुगेको छ ।

यतिवेला बुर्तिबाङ बजारमा केन्द्रीय विद्युत् पुगेपछि स्थानीय बासिन्दाको वर्षाैँदेखिको सपना पूरा भएको छ । 

जिल्ला सदरमुकामदेखि ९२ किलोमिटर पश्चिममा रहेको बुर्तिबाङ बजारमा आइतबारदेखि केन्द्रीय विद्युत् प्रसारणको बत्ती बलेको हो । 

केन्द्रीय विद्युत् पुगेसँगै यस क्षेत्रका एक हजार तीन सय घरधुरी प्रत्यक्ष लाभान्वित हुने नेपाल विद्युत् वितरण केन्द्र बाग्लुङका प्रमुख शिव गाैशालीको बताए । 

विद्युत् जिल्लाको गल्कोट नगरपालिकासहित बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकासम्म पुगिसकेको र अब निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिकासँगै ढोरपाटन सिकार आरक्षसम्म पुऱ्याउने लक्ष्य रहेको गौशालीले बताए ।  

करिब चार करोड लागतमा बुर्तिबाङसम्म ६ वटा ट्रान्सफर्मरमार्फत ११ केभिए क्षमताको विद्युत् ल्याइएको हो । 

बुर्तिबाङ बजारका सबै घरमा विद्युत् जडान दुई महिनाभित्र हुने बताउँदै कतिपय घर, विभिन्न संघसंस्थामा विद्युत् बलिसकेको छ । आर्थिक व्यवस्थापन हुन सके पश्चिम बाग्लुङका सबै क्षेत्रमा चाँडै केन्द्रीय विद्युत् बल्ने गौशालीले बताए । 

स्थानीय लघुजलविद्युत् आयोजनाको भरमा विद्युत् प्रयोग गर्दे आइरहेका स्थानीय वर्षातको समय विद्युत् आयोजनामा बाढीपहिरोले क्षति पुऱ्याउँदा अन्धकारमा बस्नुपर्ने बाध्यता थियो । 

यसैगरी बुर्तिबाङ बजारमा क्षेत्रमा ठूला कलकारखाना, उद्योगसमेत विद्युत् नभएकै कारण सञ्चालन नभएको अवस्थामा अबका दिनमा स्थानीयस्तरमा कलकारखाना सञ्चालन हुनेमा यस क्षेत्रका स्थानीय ढुक्क रहेका छन् । 

आइतबार केन्द्रीय विद्युत् आयोनाको बुर्तिबाङ कार्यालयको उद्घाटन ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले केन्द्रीय विद्युत् आपूर्तिले ढोरपाटन नगरपालिकाको समृद्धिका लागि एउटा थप इँटा थपेको बताए ।